मलेसियामा रहेका नेपालीलाई खुशीको खबर !

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2018 | 06:58:31 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा रहेका नेपाली कामदारको दक्षतालाई ख्याल गर्दै १३ बर्षसम्म बस्न पाउने नियम आउने भएको छ। मलेसियाका मानव संशाधनमन्त्रि एम कुला सेगरनले विदेशी कामदारको अस्थायी रोजगार अनुमति (पीएलकेस) प्रावधानलाई परिमार्जन गरेको जानकारी दिएका छन्। 

१० वर्षसम्म बस्न पाउने नियमलाई परिमार्जन गर्दै मलेसिया सरकारले १३ वर्षसम्म बस्न पाउने नियम ल्याएको हो। गएको अगष्ट २९ मा मन्त्रिपरिषदबाट भिसा नवीकरणसम्बन्धी यो निर्णय गरिएको हो। १० वर्ष बसिसकेपछि तीन वर्षको अवधि एकैपटक बढाउन भने पाइने छैन । 

‘यो अवधि धेरैमा तीन वर्ष बढाइएको हो, तर कामदारले वर्षेनी भिसा नवीकरण गर्नुपर्नेछ,’ मन्त्री कुला सेगरनले यस्तो बताएको मलेसियन समाचार माध्यमले जनाएका छन। 

मन्त्री कुला सेगरनका अनुसार यो नियम आउँदो असोज १५ अथवा अक्टोबर १ बाटै लागू हुनेछ। नेपालीहरुको रोजाईमा पर्ने गन्तव्य मुलुकमध्ये मलेसिया पनि एक हो । यो नियम लागू भएपछि नेपालीहरुलाई पनि फाईदा पुग्नेछ । हाल मलेसियामा ९५ हजारको आराहारीमा नेपाली कामदार छन्।

समय थपेर बसे पनि रोजगारदाताले नै उनीहरुको वार्षिक १० हजार रिंगिट लेभी तिर्नुपर्नेछ । तर त्यस्ता विदेशी कामदारले स्थायी बसोबास र मलेसियन नागरिकताका लागि भने आवेदन दिन पाउने छैनन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved