साउदी अरब जानेहरुलाई खुसिको खबर, ६ वर्ष पछि सरकारले बढायो तलब

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 16, 2018 | 03:34:17 PM मा प्रकाशित

laxmi  sunrise bank

साउदी अरबमा काम गर्न जाने कामदारका लागि ६ वर्ष पछि न्यूनतम ज्यालामा पुनरावलोकन भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई गत शुक्रबार बसको मन्त्रिपरिषदको बैठकले स्विकृत गरेको हो। 

अब साउदी जाने नेपाली कामदारले न्यूनतम ज्याला १००० रियाल र खाना भत्ता ३०० रियाल देखि अधिकतम ज्याला ११००० रियाल र खानाभत्ता ५०० रियाल पाउनेछन्। नेपाल सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित हुने बिश्वास गरिएको छ। 

यस अघि ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० रहेकोमा नयाँ व्यवस्था अनुसार ज्याला १००० रियाल र खाना भत्ता ३००  नेपाली अदक्ष कामदारले पाउनेछन् । साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ । उक्त प्रस्ताब राजपत्रमा प्रकाशित भएको मिती देखि बढेको तलबमा मात्रै साउदीका लागि मागपत्र प्रमाणिकरण हुनेछ।   

साउदी जाने अदक्ष, अर्धदक्ष, दक्ष र व्यवसायिक कामदारका लागि न्यूनतम जालाको सुची:

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved