विदेश जाँदा अब बढीमा १५ सय डलर मात्र लैजान पाइने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 07, 2018 | 11:09:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको सटही सुविधामा कटौती गरेको छ। बिदेशी मुद्रा संचितिमा दबाब परेपछि यस अघिको २५०० डलर सटहीको व्यवस्थालाई कटौती गर्दै १५०० काय गरिएको राष्ट्र बैंकले जनाएको छ। 

आयातमा भएको वृद्धिले चालू खाताको घाटा बढेपछि राष्ट्र बैंकले डलरको सुविधा कटौती गरेको हो। चालू खातामा घाटा बढ्दा विदेशी मुद्राको सञ्चितीमा दबाब परेको छ।

गत आर्थिक वर्षमा विदेश जानेबाट ७९ अर्ब रुपैयाँ खर्च भएको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विदेश घुम्न जानेले १९ अर्ब रुपैयाँ खर्च गरेका छन्। चालू आर्थिक वर्षको भदौसम्म चालू खाता घाटा ३५ अर्ब ५६ करोड र शोधानान्तर घाटा २५ अर्ब ४५ करोड पुगेको छ। पछिल्लो समय ब्यापार घाटा बढ्दै जाँदा शोधानान्तर घाटा ६ वर्षकै उच्च छ। 

रेमिट्यान्स बढेपनि आयात उच्च हुँदा देशबाट भित्रने रकमभन्दा बाहिरिने रकम बढी भएपछि डलर सटहीमा कटौती गरिएको राष्ट्र बैंकले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved