कोरियामा अर्को दुःखद खबर, चलिरहेको मेशिनमा बेरिएर एक नेपालीको निधन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2016 | 05:22:07 PM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण कोरियामा औद्योगिक दुर्घटना परि एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा ख्वङजुको उन्सङ थेसोस्थित थर्मल इन्सुलेशन कम्पनीमा कार्यरत रुपन्देही मणिग्रामका नुभराज भुषाल रहेको जनाइएको छ । 

मेसिन चेक गर्ने क्रममा मोटरमा बेरिएर निधन भएको सोहि कम्पनीमा कार्यरत पोखराका देवनन्द पोखरेलले जानकारी दिएका छन। मृतक भुषाल चार वर्ष दश महिना पुरा गरी पुनः सिबिटी मार्फत सो कम्पनीमा आएको पनि झण्डै साढे दुइ वर्ष पुरा भइसकेको पोखरेलले बताएका छन। 

मृतक भुषालको शब अहिले स्थानीय खुवाङ थेसङ अस्पतालमा राखिएको छ। यसबारेमा कम्पनीले राजधानी सोलस्थित नेपाली दुतावासमा जानकारी गराएको जनाइएको छ। दुतावासमा साप्ताहिक बिदा परेकाले सोमबार मात्र घटना बारे जानकारी लिईने बताइएको छ। कोरियन प्रहरीको पत्र आइसकेपछि र सोमबार मात्र दुर्घटनास्थलमा पुगेर घटनाको विस्तृत जानकारी लगायत विवरण लिने काम हुने दुतावासका श्रम सहचारी देवराज ढकालले बताएको जनाइएको छ। 

मृतक भुषालका परिवारलाई समेत यस घटनाका बारेमा जानकारी गराइएको छ। मृतकका परिवारबाट परराष्ट्र मन्त्रालय मार्फत शव बुझ्ने आधिकारिक पत्र आइसकेपछि शब नेपाल पठाउने प्रक्रिया अघि बढ्ने भएको छ।     

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved