नेपालीले रचे बेलायतमा ईतिहास, सम्मानित मेयर पदमा निर्वाचित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2016 | 09:35:32 AM मा प्रकाशित

laxmi  sunrise bank

बैशाख ३०। बेलायतमा एक जना नेपाली पहिलो पटक मेयर बन्न सफल भएका छन्। नेपाली मूलका ट्याक्सी व्यवसायी शंकर गैरे स्वान्ली टाउन काउन्सिल, केन्टका लागि मेयरमा निर्वाचित भएका हुन।

मेयरमा निर्वाचित भएसंगै शंकर गैरे बेलायतकै इतिहासमा मेयर बन्ने नेपाली मुलका पहिलो बेलायती बनेका छन्। गैरे सन् २०१५ मा सत्तारुढ कन्जरभेटिभ पार्टीबाट क्राइष्ट चर्च वार्डको काउन्सिलर बनेर सोहि बर्ष उपमेयरबाट मेयर बन्न सफल भएका हुन्।

मेयर बने लगत्तै गैरेले आफ्नो यो सफलता जन्मभूमी र समस्त नेपालीको जित भएको प्रतिक्रिया दिएका छन। 'गुल्मी रुपाकोट गाउँबाट आएको सामान्य मान्छे यहाँ शतप्रतिशत अंग्रेज बसोवास गर्ने क्षेत्रबाट मेयर बन्न पाउँदा ज्यादै प्रफुल्ल छु ।’ उनले भनेका छन्।

गैरे करिब १७ हजार जनसंख्या रहेको स्वान्ली टाउन काउन्सिलको प्रतिनिधित्त्व गर्दै एक बर्षको लागी उक्त क्षेत्रको जिम्मेवारी पुरा गर्नेछन। गैरेलाई इतिहासमै कम उमेरमा मेयर बनेका काउन्सिलर जोन बार्नेस्ले जिम्मेवारी हस्तान्तरण गरेका हुन।

सन् १९९४ मा बेलायत प्रवेश गरेका गैरे उक्त क्षेत्रमा विगत १३ वर्ष देखि बस्न थालेका हुन् । उनी श्रीमती मेयरेस काउन्सिलर लक्ष्मी गैरे र दुई छोराका साथ पिंक्स् हिल स्वान्ली बस्छन् ।

उनि बेलायत प्रवेस गरे लगत्तै नेपाली समुदायसँग नजिक रहेर सामाजिक काममा सक्रिय हुँदै आएका छन्। उनी नेपाली साहित्य विकास परिषद युके, यती नेपाली एसोसिएसन युके, कोसेली नेपाली सांस्कृतिक परिवार, ब्रिटेन नेपाल सिभिक फोरम आदि संस्थामा आवद्ध भएर काम गरेका थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved