कतारमा अलपत्र नेपालीलाई राहत सामाग्री वितरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 19, 2017 | 08:54:42 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारको सनैया ४१ स्थित स्केलस कम्पनीमा अलपत्र परेका ८० जना नेपालीहरुलाई नयाँ शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाज कतारले राहत सामग्री वितरण गरेको छ।

कतार ल्याउने कम्पनी सञ्चालक नै कामदारलाई तलब नदिई सम्पर्कविहिन भएपछि पछिल्लो केहि महिना देखि अलपत्र परेका नेपालीहरुलाई १ लाख ५० हजारको खाद्यान्न सामाग्री वितरण गरिएको नयाँ शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाज कतारका संयोजक बीबी खरालले जानकारी दिए।    

पीडितहरुको स्थिति देखेर दूतावास ले गम्भीरता नदेखाएका कारण नेपालीहरु दुइ महिना देखी भोक भोकै एक छाक टार्न परेको पीडित रत्न तामाङ लामाले बताए। 

साँघुरो कोठामा १०–१२ जना बस्न बाध्य उनीहरु बसाई तथा खानाको कारण बिस्तारै बिरामी समेत पर्न लागेपछि थप समस्या भएको बताइएको छ ।

राहत वितरण समितिका संयोजक तथा मुस्लिम बिभाग संयोजक इब्राहिम मिया ,सदस्य कलिम मिया ,करिम मिया ,अकबर मिया ,बसिर मिया ,अन्तर्राष्ट्रिय नेपाली समाजका कतारका महासचिब महम्मद कार्की, ,उपसमयोजक दुर्गा सुनार , लाल भटट ,सन्तोष बस्नेत ,संगम भट्टराई,युवा नेता मनोज दाहाल , रमेश सिह खाती ,देब परियार ,नबिराज खान ,तार्केस्वर यादब ,अक्कल जिम्मा ,नबिन गिरि ,बसन्त तामाङ ,प्रेम जि लगायतका  सम्पुर्ण नयाँ शक्ति कतार परिवार,पत्रकार सन्तोस क्षेत्री लगायतकाले यस पवित्र कार्यमा सहयोग गरेका छन।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved