भारतमा पहिरामा परी तीन नेपालीको मृत्यु, दुई घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 06, 2017 | 05:03:26 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

भारतमा पहिरामा परी बिहीवार तीनजना नेपालीको मृत्यु भएको छ । भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् ।

मृत्यु हुनेमा दुँहु गाउँपालिकाको पिपलचौरीका हिरादेवी बम, उनका अढाई वर्षीय छोरा ओमकार र १२ वर्षीया छोरी प्रियंका रहेका प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए । उक्त घटनामा परी तीन भारतीय नागरिकको समेत मृत्यु भएको छ ।

घाइते नेपालीको भारतको धारचुलास्थित अस्पतालमा उपचार भइरहेको छ । भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलङ्गा फर्किदै गरेका नेपाली पहिरामा परेका हुन् । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved