छोरीको जन्मदिनको खर्च कटौतीबाट तीन हजार डलर बाढी पहिरो पीडितलाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2017 | 09:02:45 AM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलियाका एक दम्पतीले छोरीको जन्मदिनको खर्च कटौतीबाट बाढी पहिरो पीडितलाई सहयोग गरेका छन। अष्ट्रेलियाको जिलोङ निवासी दम्पतीले धुर्मुस-सुन्तली फाउण्डेशन मार्फत तीन हजार डलर बाढी पहिरो पीडितलाई सहयोग गरेका हुन। 

अष्ट्रेलियाको जिलोङ निवासी लुम्बिनी-कपिलवस्तु दिवस बिश्व अभियानका बिश्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठ एबं दिदी-बहिनी समाज भिक्टोरियाकी कोषाध्यक्ष प्रभा देवी श्रेष्ठले छोरी पूजा श्रेष्ठको अठारौं जन्मदिन र मोनास युनिभर्सिटीबाट छोरा पुरक श्रेष्ठले जियो साइन्समा ग्र्याजुयट गरेको अवसरमा आयोजना गर्न लागेको पार्टी स्थगित गरि सो बापतको रकम बाढी पीडितहरुको सहयोगार्थ उपलब्ध गराएका हुन।

सो रकम अभियानद्धारा बाढी पीडितहरुको सहयोगार्थ संकलन गरिने रकममा थप गरी अभियान मार्फत धुर्मुस-सुन्तली फाउण्डेशनलाई काठमाण्डौंमा हस्तान्तरण गरिने जनाइएको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved