अष्ट्रेलियामा लुम्बिनीका सम्भावना र चुनौती बिषयमा अन्तर्कृया सम्पन्न, योजना सफल भए डेड खर्ब आम्दानी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 24, 2017 | 11:28:28 AM मा प्रकाशित

laxmi  sunrise bank

अस्ट्रेलियामा "लुम्बिनी: संभावना र चुनौतिहरु" बिषयक अन्तरक्रिया सम्पन्न भएको छ। अस्ट्रेलियाको राजधानी एडिलेडको क्युरिए स्ट्रिटमा अबस्थित इ-प्लेनट एजुकेशन कन्सल्टेन्सीको हलमा सम्पन्न अन्तरकृयामा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले लुम्बिनीका सम्बन्धमा प्रस्तुती दिए। 

श्रेष्ठले लुम्बिनीको विकासका लागि राष्ट्र संघ मार्फत दुइ गुरु योजना तयार भैसकेको र गुरु योजना मुताबिक लुम्बिनीको बिकास संपन्न गरी ठोस योजना सहित अगाडि बढन सकिएको खण्डमा वार्षिक डेढ अर्ब डलरभन्दा बढी आम्दानी सहजै गर्न सकिने बताए।

श्रेष्ठले कोरिया र स्वीडेन लगायतका देशहरुका पाठ्य पुस्तकमा वुद्धजन्मस्थल बिषयमा भएको गल्ती सच्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती देशमा पत्राचार गरेको जानकारी गराए। 'लुम्बिनीको बिकाससंग विश्वका १४% जनताको भावनाको कदर, ग्लोबल वार्मिङ समस्या समाधान, बिश्व शान्ति, बिश्वमा भातृत्वको बिकास जस्ता महत्वपूर्ण कुराहरु जोडिएकोले लुम्बिनीको बिकासको विश्वब्यापी महत्त्व छ' उनले भने।   

प्रस्तुतिको क्रममा श्रेष्ठले अमेरिकी जुता कंपनीले वुद्धको फोटो जुत्तामा राखेपछी तात्कालिन अमेरिकी राष्ट्रपति ओबामालाई अभियानका तर्फबाट आफूले लेखेको चिट्ठी र हालमा सात देशका राष्ट्रपति र प्रधानमन्त्रीहरुलाई लेखेको प्रतिबेदनमा कसैलाई आरोप लगाउने काम नभएको बरु प्रसंशा गर्ने काम यथेस्ट मात्रामा भएकोले यो अभियानमा सहभागी भएर अगाडि बढ्न कोही पनि त्रसित हुन नपर्नेबारे प्रस्ट पारे। 

सरकारले गर्नु पर्ने काम जनस्तरबाट यत्ति धेरै भैसकेको र समस्याको जरो भएको कारण अबको मूल काम भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गल्ती सच्याउने भएको र यसका लागि नेपाल सरकारको सहयोग र सहभागिता अपरिहार्य भएकोले हालसम्म भए गरिएका कामहरुलाई उत्प्रेरित गरी प्रभाबकारी तवरबाट निर्णयक मोडमा पुर्याउन आफूले सरकारलाई शून्य आर्थिक भार पर्ने गरी संयन्त्र तयार गर्न ड्राफ्ट वली सरकारकै पालामा पठाएको र त्यस्लाई परिमार्जन गरी यथाशीघ्र पुन: बर्तमान सरकारलाई पनि पठाइने जानकारी दिए।

प्रस्तुतिमा साउथ अष्ट्रेलियाका लागि अबैतनिक नेपाली महाबाणिज्यदूत दिपक धमला, एनआरएनए आइसीसी सदस्य गोकुल घिमिरे, एनआरएनए साउथ अस्ट्रेलिया संयोजक अशोक केसी, एनआरएनए साउथ अस्ट्रेलिया निबर्तमान अस्ट्रेलिया उपाध्यक्ष नबिन कंडेल, एनआरएनए अस्ट्रेलिया केन्द्रिय सदस्य नबिन पन्त, समाजसेवीहरु डा पंकज पौडेल, राजु उपाध्याय, कपिल पाण्डे आदिको उपस्थिति थियो।             

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved