दशैँमा परिवारसहित घुम्न जाने सोच छ ? आर्ट समिटले सस्तोमै घुमाउँछ मुस्ताङदेखि बर्दियासम्म

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 24, 2018 | 06:10:02 PM मा प्रकाशित

laxmi  sunrise bank

बिगत चार बर्षदेखि 'नेपाल नेपालीलाई चिनाउ' अभियान थालेको आर्ट समिट ट्राभल एण्ड टुर्सले यस बर्ष मनाङ र तिलिचो घुमाउने भएको छ। प्रत्येक बर्ष एक ठाउँलाई प्राथमिकतामा राखेर आन्तरिक पर्यटक घुमाउने गरेको आर्ट समिटले यस बर्षलाई मनाङ र तिलिचोलाई केन्द्रमा राखेको जनाएको छ। 

मध्यम तथा सामान्य आर्थिक अवस्था भएकालाई समेत नेपाल देख्न र घुम्न पाउन भन्ने उदेश्यले स्थापना भएको आर्ट समिटले नेपालका २५ भन्दा बढी ठाउँमा नेपालीहरुलाई घुमाईसकेको संचालक तथा अभियन्ता सोम बहादुर तामाङले जानकारी दिए।

९५ जना लिएर मुक्तिनाथ गएका बेला त्यहाँ देखेका सुन्दर प्राकृतिक दृश्यले आफ्नो मन छोएपछी नेपाल नेपालीलाई चिनाउनु पर्छ भन्ने सोच आएको तामाङले बताए। त्यहि सोचलाई फेसबुक मार्फत अभियान बनाएर अगाडी बढ्दै गर्दा पछि त्यसले व्यवसायिक रुप लिएको उनको भनाई छ।  

'ग्रामिण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्दै नेपालीहरुलाई नै नेपालको विषयमा जानकारी दिने उदेश्यले सुरु भएको अभियानले व्यवसायिक रुप लिएपछिको ४ बर्षमा १५ हजारभन्दा धेरै नेपालीलाई नेपालका विभिन्न २५ ठाउँ घुमाईसकेका छौँ' तामाङले भने, 'यो संख्या कम्तिमा पनि लाख पुर्याउने योजना छ।' 

पहिलो बर्ष मुक्तिनाथलाई केन्द्रमा राखेर त्यहाँका बिभिन्न ठाउँ घुमाएको थियो। त्यस्तै दोस्रो बर्ष बर्दिया,तेस्रो वर्ष रारा ताल घुमाएको छ। र अहिले मनाङ र तिलिचोताललाई केन्द्रमा राखेर रारा र कालिञ्चोक घुमाउने योजना रहेको तामाङले बताए। 

नेपाल कस्तो छ, कति सुन्दर छ भनेर नेपालीहरुलाई नेपाल देखाउने आफ्नो पहिलो उदेश्य भएको बताउदै तामाङले सामान्य आर्थिक अवस्था भएका नेपालीलाई प्राथमिकतामा राखेर घुम्ने खर्च निर्धारण गरेको बताए। सस्तोमै घुमाउने भएकाले कहिलेकाहीं प्रतिस्पर्धी व्यवसायीहरुबाटै आलोचित हुनुपरेको सुनाउदै उनले भने, 'धेरैपटक धेरै व्यवसायीसँग यति सस्तोमा कसरी घुमाउन सकिन्छ भन्ने विषयमा बहस पनि गर्नुपरेको छ, कति व्यवसायी त मसंग अलि झोक्किएका पनि थिए सस्तोमा घुमाएर भाउ विगार्यो भनेर' उनले अगाडी थपे, 'तर विसुद्ध नेपालको भुबनोटको विषयमा नेपालीलाई जानकारी गराउने उदेश्य भएकाले मलाई ब्यापार गर्नु छैन, नेपाललाई नेपाल देखाउनुछ।'

आफ्ना सेवाग्राहीबाट राम्रो प्रतिकृया पाएको सुनाउदै तामाङले आफुसंग होटल व्यवसायीहरु समेत खुसि भएको बताए। 'मैले जहाँ जहाँ पर्यटक लिएर जान्छु, त्यहा त्यहाँका होटल व्यवसायी मलाई बडो सम्मान गर्छन, यो नेपाल चिनाउ अभियानले उनीहरुको व्यपार फस्टाएको छ।' 

नजिकिदै गरेको दशैं तिहारमा विदाको बेलामा परिवारसँग घुम्न जान चाहानेलाई लक्षित गरि आर्ट समिटले बिभिन्न सस्ता प्याकेज समेत ल्याएको उनले बताए। प्याकेजमा १ रात २ दिन, ६ रात ७ दिन लगायतका विभिन्न प्याकेज मार्फत नेपालीलाई मुक्तिनाथ, अपर मुस्ताङ, तिलिचो, रारा, कालिञ्चोक, बर्दियामा विशेष अफर रहेको उनको भनाई छ। 

तिलिचो ट्रेकका लागि ६ रात ७ दिनका लागि २५००० तोकिएको छ भने मुक्तिनाथका लागि ४ रात ५ दिनका लागि १४५०० तोकिएको छ। त्यस्तै रारा ट्रेकमा ६ रात ७ दिनका लागि १७००० र २१००० तोकिएको छ भने अपर मुस्ताङका लागि २५ हजार तोकिएको छ। अल्कोहल पिउन बाहेकका सम्पूर्ण खर्च यो शुल्क भित्र पर्ने तामाङले बताए।  तोकिएको शुल्कले मध्यम बर्गीय र सामान्य आर्थिक अवस्थाका परिवारलाई नेपाल घुम्ने चाहना पुरा हुने तामाङको बिश्वास छ। 

थप जानकारीका लागि क्लिक






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved