दशैँमा परिवारसहित घुम्न जाने सोच छ ? निलबाराही ट्राभलले सस्तोमै गराउदैछ पुरै नेपाल टुर

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 30, 2018 | 05:55:55 PM मा प्रकाशित

laxmi  sunrise bank

निलबाराही ट्राभल एण्ड टुर्सले यसवर्षको दशैँमा मुक्तिनाथ र कालिञ्चोक घुमाउने भएको छ । दशैँ तिहारको विदामा परिवार सहित घुम्न जान चाहानेलाई निलबाराहीले मुक्तिनाथ र कालिञ्चोकसँगै अन्य विभिन्न ठाउँमा पनि घुमाउँदै छ । 

मध्यम तथा सामान्य आर्थिक अवस्था भएकाले पनि नेपाल देख्न र घुम्न पाउन भन्ने उदेश्यले भर्खरै मात्र सञ्चालनमा आएको यस निलबाराही ट्राभल एण्ड टुर्सले आफ्नै सवारीमा घुम्न जान चाहानेले जहाँ भन्यो त्यही घुमाउने पनि गरेको छ ।

वर्षौ अघिदेखी यही क्षेत्रमा काम गरेका लक्ष्यमण श्रेष्ठले अहिले आफै निलबाराही ट्राभल एण्ड टुर्स सञ्चालनमा ल्याएका हुन । घुम्न जान चाहानेले सम्पर्क गरेपछि उनले घुमाएर नफर्काएसम्म ग्राहकको रेखदेख आफै गर्छन् । 

देशका विभिन्न ठाउँमा पुगेर उनले अनुकुलका होटलहरुलाइृ साथमा लिएका छन् । आफ्ना सेवाग्राहीबाट राम्रो प्रतिकृया पाउँदै आएका श्रेष्ठले होटल व्यवसायीहरुलाई समेत व्यवसायमा लागन प्ररेणा दिने गरेका छन् । आफूले विभिन्न ठाउँमा घुमाउँदा यस क्षेत्रका होटल व्यवसायीबाट समेत आदर र सम्मान पाउँदै आएका छन् उनले । 

नजिकिदै गरेको दशैं तिहारमा विदाको बेलामा परिवारसँग घुम्न जान चाहानेलाई लक्षित गरि निलबाराहीले बिभिन्न सस्ता प्याकेज समेत ल्याएको छ । प्याकेजमा १ रात २ दिन, ३ रात ४ दिन, ६ रात ७ दिन लगायतका विभिन्न प्याकेज मार्फत नेपालीलाई मुक्तिनाथ, कालिञ्चोक, रारा, पोखरा÷घान्द्रुकमा यसपालीको दशैँमा निलबाराहीले घुमाउदै छ । 

नेपालीको विशेष चाड दशैँले नेपालीको घर आँगनमा प्रवेश गर्नै लागेको छ । विदेश र स्वदेशकै विभिन्न ठाउँमा कामको सिलसिलामा रहेका सबै नेपाली दशैँमा आ–आफ्नो घरमा जान्छन् । परिवार र छरछिमेकसँग भेटघाट गर्छन् । वर्षभरीको दुख विसाउने र आफ्ना आफन्तसँग रमाईलो गर्ने समयका रुपमा पनि दशैँ र तिहारलाई लिने गरिन्छ ।

दशैँमा कार्यालय विदा हुने भएकाले केही दिनको बिदा रमाइलो बनाउन घुम्न जाने गरेका पनि छन् । नेपाल बहु संस्कृति र भौगोलिक हिसाबले पनि अनुपम छ । त्यसैले एक ठाउँको संस्कृति अन्य ठाउँमा बसोबास गर्नेहरुका लागी भिन्न हुन्छ । अरुको संस्कार, संस्कृति, अन्य ठाउँको भौगोलिक बनोट तथा प्राकृतिक सुन्दरता बुझ्न पनि भ्रमण आवश्यक हुन्छ । भ्रमण अध्ययनको राम्रो पाटो पनि हो । 

विभिन्न क्षेत्रको अध्ययन र अवलोकन गर्नको लागी पनि निलबाराहीले घुमाउन लागेका ठाउँहरु सहि गन्तव्य बन्न सक्छन् । 

कालिञ्चोक १ रात २ दिनको ४५००, पोखरा÷घान्द्रुक ३ रात ४ दिनको १०५००, मुस्ताङ ३ रात ४ दिनको लागी १३५०० र रारा ६ रात ७ दिनको लागी २२९९९ रुपैयाँ तोकिएको निलबराहीका सञ्चालक लक्ष्यमण श्रेष्ठले जानकारी दिए ।  यसमा आउन जान र खाना बस्नको सुविधा प्राप्त हुनेछ ।

थप जानकारीका लागि क्लिक

दशैँमा परिवारसहित घुम्न जाने सोच छ ? आर्ट समिटले सस्तोमै घुमाउँछ मुस्ताङदेखि बर्दियासम्म






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved