'पब्लिकलाई नाफा कमाईदिने मात्र नभई लगानी व्यवस्थापनको नयाँ सोच हो केसिएल अस्ट्युट'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 04, 2018 | 11:56:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजार बढ्यो, फलानो कम्पनीले यति कमायो, यो कम्पनीले यो बर्ष यति लाभांश दिन्छ, फलानो कम्पनीको सेयर किन्दा नाफा हुन्छ, बैंकहरुले ऋणपत्र जारि गरे जस्ता चर्चाहरु तपाईले दैनिक जसो सुन्नुभएको होला। यी मध्ये केहि कुरा बुझेको जस्तो लाग्यो होला, केहि कुरा एकादेशको कथा पनि लाग्यो होला!

अरुले कमाएको देख्दा जोकोहि मानिसलाई आफुलाई पनि कमाउने चाहना हुनु स्वाभाविकै हो। तर कमाउने चाहना हुँदाहुँदै पनि हामीसंग भएको आर्थिक, शैक्षिक र चेतनाको सिमितताले गर्दा कमाउने चाहना पुरा नभएको हुन सक्छ। कति त समय नभएर पनि थप लगानीबाट हुने आम्दानीको  अवसरबाट बन्चित हुनुपरेको छ।  

हो, आफुसंग भएको केहि पैसा कम जोखिम लिएर कहीं लगानी गरि दुई पैसा बढी आम्दानी गर्न चाहनेहरुलाई मध्यनजर गरि बजारमा अहिले थुप्रै पिएमएस (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस) अर्थात लगानी व्यवस्थापक संचालनमा छन। ती मध्ये नेपाल धितोपत्र बोर्डबाट 'धितोपत्र व्यवसायी (मर्चेण्ट बैंकर) नियमावली, २०६४' बमोजिम अनुमति प्राप्त गरि संचालनमा रहेका संस्थाको संख्या २५ रहेको छ।

यी मध्येपनि पछिल्लो पटक २०७५ साल असर २० गते अनुमति प्राप्त गरि लगानी व्यवस्थापनको काम गर्दै आएको संस्था हो केसीएल अस्ट्युट क्यापिटल। सन २०१५ मा स्थापना भई २०७३ माघ २४ मा पब्लिक कम्पनीमा रुपान्तरण भएर यहि बर्ष असार २० देखि औपचारिक रुपमा लगानी व्यवस्थापकको रुपमा संचालनमा आएको कम्पनी हो केसीएल अस्ट्युट क्यापिटल।

अस्ट्युटको नामले सन २०१५ मा स्थापना भएको छोटो समयमै कम्पनीको नामको अगाडी सन २०१७ मा काठमाडौं क्यापिटल लिमिटेड थपिएको छ। लगानी व्यवस्थापनको दायरा मात्रै नभई यसको परिभाषा र बुझाईलाई नै नयाँ उचाईमा पुर्याउने उदेश्यले छोटो समयमै नाम परिवर्तन गरि सानो निजि कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ। 

लगानी व्यवस्थापनको सेवा दिने कम्पनीहरुले सामान्यतया पूँजी बजार अन्तर्गत सेयर, डिभेन्चर, म्युचुअल फण्ड लगायतका उपकरणहरुमा, बैंक वित्तीय संस्थाको मुद्दति खातामा, सरकारी ऋणपत्र तथा बैंकहरुका ऋणपत्रमा तपाईको पैसालाई तपाईकै नाममा लगानी गरिदिन्छन र सेवाग्राहीलाई प्रतिफल दिन्छन।  

तर केसिएल अस्ट्युटले लगानी व्यवस्थापन गरिदिने मात्र नभई लगानी व्यवस्थापनको सेवालाई नै पुनर्भाषित गर्ने लक्ष्य लिएको छ। केसिएल अस्ट्युट कम जोखिम देखि धेरै जोखिम लिन चाहनेहरुलाई त्यहि अनुसारकै प्रतिफल दिन सक्ने गरि बिभिन्न प्रकारको प्रोडक्ट ल्याएको छ। अस्ट्युटले    केहि कर्पोरेट हाउस, बिभिन्न पेशामा आबद्ध व्यक्ति, बैंकरदेखि सर्वसाधारणसम्मको केहि लाखदेखि करोडौं रकमसम्मको लगानी व्यस्थापन गर्दै आएको छ।

संचालनमा रहेका मर्चेन्ट बैंकर र लगानी व्यवस्थापक कम्पनीहरुले वास्तवमै छरिएर रहेका लगानीलाई व्यवस्थापन गर्न नसकेको आरोप लागेको अवस्थामा केसिएल अस्ट्युटले भने सर्वसाधारणलाई नै महसुस हुने गरि ठुलो जमातमा पुग्ने लक्ष्य सहित लगानी व्यवस्थापनको काम गर्ने उदेश्य लिएको छ।  सबै लगानी तथा वित्तीय आवश्यकता पुरा हुने गरि भविष्यमा 'वन स्टप विन्डो' को रुपमा काम गर्ने संस्थाको बन्ने केसिएल अस्ट्युटको लक्ष्य छ।    

युवादेखि बृद्दसम्म, साधारण व्यक्तिदेखि बिभिन्न पेशामा आबद्ध व्यवसायिक जागिरेहरुसम्म, थोरै कमाउनेदेखि धेरै कमाउनेसम्मका सबै बर्गका व्यक्ति र समुहलाई समेटेर लगानी व्यवस्थापन गरिरहेको केसिएल अस्ट्युटले लगानीसम्बन्धि ज्ञान नभएकाहरुलाई समेत आकर्षण गर्ने गरि बिभिन्न प्रोडक्ट ल्याउने तयारीमा छ।  

लगानीको बजारमा अक्सर सुनिने भनाई हो, 'मेरो अनुकुलको बजार भएन'। तर धेरै थोरै व्यक्तिले मात्र यस्तो किन हुन्छ भन्ने थाहा पाउँछन। लगानी गर्न चाहने व्यक्तिको उदेश्य र लगानी ब्यवस्थापकको बुझाईबीच तालमेल नहुँदा अधिकांश समय उचित प्रतिफलबाट बन्चित हुनुपर्ने अवस्था आउँछ। त्यसैले पनि केसिएल अस्ट्युटले व्यक्तिहरुले दुख गरि कमाएको पैसालाई प्रतिफलमा रुपान्तरण गर्नका लागि व्यक्ति ब्यक्तिसंग छलफल गर्ने र उनिहरुको लगानीको वास्तविक उदेश्य पहिल्याउने काम गर्छ। लगानी गर्न चाहने व्यक्तिको उदेश्य थाहा भएपछि मात्रै बढी भन्दा बढी प्रतिफल दिन सक्ने गरि ग्राहकको लगानी व्यवस्थापन गर्न सकिने केसिएल अस्ट्युटको बिश्वास छ।

लगानीमा अनुशाशित धारणा, अनुभवी व्यक्तिहरुको टिम, पारदर्शिताकै कारण बजारमा लगानी व्यवस्थापनको सेवा दिने अन्य संस्था भन्दा आफुहरु उत्कृष्ट हुनेमा केसिएल अस्ट्युटको बिश्वास छ।   

लगानी व्यवस्थापनको राशि कम्तिमा पनि ३ लाख हुनुपर्ने कानुनि प्राबधान छ। त्यसमा पनि कतिपय व्यक्तिहरुसंग एकै साथ तीन लाख नहुन सक्छ। त्यस्तो अवस्थालाई समेत समाधान गर्ने गरि केसीएल अस्ट्युटले भविष्यमा किस्तामा तिर्न मिल्ने गरि लगानीकर्ताले चाहेको राशि बराबरको रकम लगानी व्यवस्थापन गरिदिने सेवा ल्याउदैछ। 

कति हुन्छ प्रतिफल?

ग्राहकको उदेश्यलाई शुक्ष्मसंग अध्ययन गरि उनीहरुको मेहनतको पैसा लगानी गर्ने भएकाले केसिएल अस्ट्युटलाई लगानी व्यवस्थापनको जिम्मा दिनेले बजारको भन्दा राम्रै प्रतिफल दिने बिश्वास गरेको छ। 

किन भएन पोर्टफोलियो व्यवस्थापनमा लगानीकर्ताको चासो ?

हाम्रो पूँजी बजार र पैसा बजारमा उपकरणहरु सीमित छन्, सेयर बजारको जानकारी भएका मानिसहरु आफैं लगानी गरिरहेका छन्। यसले गर्दा लगानीकर्ताको चासो लगानी व्यवस्थापकमा केही कम छ। तर पोर्टफोलियो व्यवस्थापनका लागि आउने मानिसहरुको संख्याँ बढ्दो क्रममा रहेको छ तर पर्याप्त प्रचार प्रसार नहुँदा यसको दायरा लक्ष्य अनुसार बिस्तार हुन सकेको छैन।

(केसिएल अस्ट्युटका प्रमुख कार्यकारी अधिकृत रमेंद्र रायमाझीसंगको कुराकानीमा आधारित) 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved