इसेवाको 'इच वन टिच वन' अभियान, जति धेरैलाई सिकायो उति बढी कमाउने अवसर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 06, 2019 | 02:57:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवाले सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई सहयोग पुग्ने गरि 'सिकाउ' अभियान थालेको छ। मोबाइल, इन्टरनेटमा अभ्यस्त नयाँ पुस्तालाई मात्र नभई पुराना पुस्तालाई समेत अनलाइन मार्फत भुक्तानी गर्न र गराउने उदेश्यले इसेवाले 'प्रत्येकले एकजनालाई सिकाउ' अभियान थालेको छ। 

इन्टरनेटको बिस्तारसंगै अनलाइन मार्फत बस्तु तथा सेवा खरिद गर्नेको संख्या बढिरहेको छ। तर यसका लागि भुक्तानी प्रणालीबारे पर्याप्त शिक्षा नहुँदा अनलाइन मार्फत भुक्तानी गरि घर वा कार्यालयमै बसेर सेवा सुविधा लिने चाहनाबाट धेरै नेपालीहरु बन्चित भएका छन।

अनलाइन मार्फत भुक्तानी गरि सेवा सुविधा सबै डिजिटल माध्यमबाट प्राप्त गर्न चाहने नेपाली नागरिकको सपनालाई साकार गर्नलाई इसेवाले 'सिकाउ' अभियान थालेको छ। 'इसेवा मार्फत भुक्तानी गर्दा समय र पैसा दुवैको उचित सदुपयोग हुने कुरा यसका प्रयोगकर्तालाई राम्रोसंग थाहा छ, अब यो लाभ धेरै नेपालीले लिन पाउनुपर्छ, त्यसमा इसेवाले केहि गर्नुपर्छ भनेर नै रिफरल प्रोग्राम ल्याएका हौँ' इसेवाका प्रमुख संचालन  अधिकृत रोशन लामिछाने भन्छन, 'सिकाउनेलाई प्रोत्साहन गर्नेलाई आम्दानि पनि हुने र सरकारको डिजिटल नेपाललाई सहयोग पनि पुग्ने भएकाले यो प्रोग्राम ल्याएका हौँ।'  

डिजिटल भुक्तानीमा हिजो इसेवा एक्लैले काम गरेपनि अब यो जिम्मेवारी सबैले बहन गर्नुपर्छ भन्ने सिद्दान्तले रिफरल प्रोग्राम ल्याएको लामिछानेको  भनाई छ। 'यो अभियानका लागि अभियन्ता जन्माउनुपर्छ र अभियानमा लाग्नेलाई पनि आर्थिक लाभ हुनुपर्छ भनेर नै आम्दानी हुने गरि रिफरल प्रोग्राम थालेका हौँ' उनले भने।   

उनकाअनुसार सिकाउँदा सिकाउनेलाई सिकाईको प्रत्येक चरणबाट आम्दानी हुनेछ। यसमा दर्ता (रजिष्ट्रेशन), लोड र कारोबार गरि सिकाइका तीन चरण छन। आफ्नो मोबाइलमा फोन नम्बर भएको 'साथिलाई' इसेवा दर्ता गर्न पठाएको प्रस्ताब उताबाट स्वीकार भएपछि  प्रस्ताब पठाउनेले ५ रुपैयाँ आम्दानी गर्नेछ। त्यस्तै सोहि साथि वा जसले इसेवा दर्ता गरेरपनि पैसा लोड गरेको छैन उसलाई पठाएको प्रस्ताब स्वीकृत भएपछि उसले दोस्रो चरणमा फेरी १५ रुपैयाँ आम्दानी गर्नेछ। तेस्रो चरणमा सोहि साथीलाई या पैसा लोड गरेर पनि इसेवा मार्फत कारोबार नगर्नेलाई कारोबार गर्न पठाएको प्रस्ताब कार्यन्वयन भएपछि पुन: १० रुपैयाँ प्राप्त हुनेछ। 

सिकाउनेले बिभिन्न ३ चरणमा गरि एकजनाबाट ३० रुपैयाँ कमाउन सक्छ। पठाएको प्रस्ताब कार्यन्वयन भएलगत्तै सिकाउनेको इसेवाको खातामा इसेवा आफैंले पैसा पठाईदिनेछ। एकजना व्यक्तिले पठाएको प्रस्ताब १०० जनाले माने भने अर्थात एक जनाले १०० जनालाई इसेवाको माध्यमबाट  अनलाइन मार्फत भुक्तानी गर्न सिकाउँछ भने उसले ३००० रुपैयाँसम्म आम्दानि गर्नेछ।

यो रिफरल प्रोग्राममा इन्ड्रोइड तथा आइफोनका प्रयोगकर्ताले भाग लिन सक्नेछन। आफ्नो मोवाइल फोनमा भएको सम्पर्क नम्बरमा मात्र प्रस्ताब पठाउन सकिनेछ। यसका लागि इसेवाको प्रयोगकर्ता हुनुपर्नेछ।  

प्रकृया 

इसेवा लग इन गरेपछि 'रिफर एण्ड अर्न' भन्ने अप्सन देखिन्छ। त्यसमा 'क्लिक' गरेपछि तपाइँले आफ्नो मोबाइलमा मोबाइल नम्बर सेभ भएका व्यक्तिहरुको सुची पाउनुहुनेछ। यहाँबाट इसेवा प्रयोग गर्ने नगर्ने व्यक्तिहरुबारे सहजै जानकारी प्राप्त हुन्छ। जसले इसेवा प्रयोग गरेको छैन उसलाई इसेवा दर्ता गर्न प्रस्ताब पठाउन सक्नु हुन्छ। 

त्यस्तै जसले इसेवा डाउनलोड गरेर दर्ता पनि गरेको छ तर पैसा लोड गरेको छैन भने उसलाई लोड गर्नलाई प्रस्ताब पठाउन सक्नुहुन्छ। त्यस्तै जसले इसेवामा पैसा लोड गरेर पनि कुनै कारोबार गरेको छैन भने उसलाई कारोबार गर्नलाई प्रस्ताब पठाउन सक्नुहुन्छ। तपाइले पठाएको प्रस्ताब प्राप्त गर्ने ब्यक्तीले एसएमएस प्राप्त गर्नेछ।  मेसेज पठाएबापत तपाईलाई कुनै शुल्क तिर्नुपर्दैन।   

बाँकी भिडियोमा हेर्नुहोस:   



 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved