पुस्तक भन्दा व्यवहारिक शिक्षामा केन्द्रित मेगा कलेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 05:10:33 PM मा प्रकाशित

laxmi  sunrise bank

स्नातक तहको अध्ययन सर्टिफिकेट प्राप्त गर्न वा थप अध्ययनको ढोका खोल्न नभई जागिर वा व्यवसाय गर्नका लागि समेत महत्त्वपूर्ण खुड्किलो मानिन्छ। त्यसैले उच्च शिक्षाको चाहनाले मात्र नभई उपयुक्त संकायको साथसाथै उपयुक्त कलेजको समेत छनौट आवश्यक हुन्छ।

ढाइलगत्तै काम पाउन विज्ञान र प्राविधिक विषयहरू नै छान्नुपर्ने मान्यतामा छ। यद्दपी पछिलो समय यो मान्यता सत्य नभएको पुष्टि भएको छ। पढाई सिध्याउने बित्तिकै जागिर वा व्यवसाय गर्नका लागि संकाय भन्दा पनि कलेजमा अध्यापनको शैली महत्त्वपूर्ण हुने बिज्ञहरुको भनाई छ। 

कलेजले बिद्यार्थीलाई अध्ययन गराउने पुस्तकको सेलेबस उस्तै हुने हुँदा अध्ययनको वातावरण र शैली नै प्रमुख रहेको शिक्षाविदहरु बताउछन। यहि मान्यतालाई आत्मसाथ गर्दै आफुलाई अव्वल राख्न र बिद्यार्थी तथा अभिभावकको रोजाईमा रहिरहन पनि कलेजहरुले पढाइको शैलीमा तिब्र प्रतिस्पर्धा गरिरहेका छन। 

स्वदेशमा व्यवहारिक शिक्षा दिनेदेखि लिएर विदेशका बिश्वबिद्यालयसंग समन्वय गरि बिद्यार्थीलाई बिदेशको शिक्षाको अनुभव दिलाउन समेत कलेजहरुबीच तिब्र प्रतिस्पर्धा देखिएको छ। 

यसैबीच काठमाडौंको बबरमहलमा अवस्थित नेपाल मेगा कलेज पुस्तकको सेलेबस भन्दा बाहिर निस्किएर व्यवहारिक शिक्षा दिनलाई अव्वल ठहरिएको छ।  व्यवहारिक शिक्षामा केन्द्रित रहेकाले पनि मेगा बैंक छोटो अवधिमा नै ठूलो आकार लिन र नयाँ पुस्ताका बिद्यार्थीको रोजाईमा परेको छ। 

नेपाल मेगा कलेज स्थापनाको ९ बर्ष अघि भएको हो । मेगाको सफलताको राज मुलरुपमा दक्ष ब्यवस्थापन टिम नै हो भनेर ठोकुवा गर्न सकिने नेपाल मेगा कलेजका कार्यक्रम निर्देशक मधुकर पाण्डे बताउछन।  

विज्ञ र दक्ष अध्यापकहरुको टीमले मेगालाई साच्चैनै उत्कृष्ट बनाएको उनको दाबि छ। यस कलेजमा प्लस टु तर्फ साइन्स, म्यानेजमेन्ट, ह्यूम्यानिटिज र ‘ल’को अध्ययन–अध्यापन हुनेगर्छ भने स्नातक तर्फ बिबिएम, बिबिएस, बिएसडब्लु, बिसीए तथा स्नातकोत्तर तर्फ एमबिएस अध्यापन हुने गर्छ। 

९० प्रतिशतभन्दा बढीको रिजल्ट र ठूलो संख्यामा स्कलरशिपको विषयले पनि मेगालाई विद्यार्थीमाझ प्रिय बनाएको छ। त्यसमा पनि कलेजमा उपलब्ध ल्वाब, मिटिङहल, लाइब्रेरी, क्यान्टिन लगायतका भौतिकपूर्वाधारको कुराले कलेजलाई झनै उत्कृष्ट बनाएको छ। 

प्रस्तुत छ, नेपाल मेगा कलेजको विस्तृत विवरण समेटिएको भिडियो सामाग्री



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved