एक्सेल डेभलपमेन्टको ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 04, 2017 | 08:58:46 AM मा प्रकाशित

laxmi  sunrise bank

 एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  बैंकले  २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो  ।

बैंकले हकप्रद निष्काशन प्रयोजनार्थ भदौ २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज अर्थात्  भदौ १९ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउने छन् । 

अब बैंकले १९ लाख २२ हजार ८ सय १२ दशमलव ५० कित्ता हकप्रद निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

बैंकले गत आर्थिक बर्षको तेस्रो त्रैमासमा ११ करोड ७० लाख खुद नाफा गरेको थियो । हाल कम्पनीको चुक्ता पुंजी ३८ करोड ४५ लाख रेकोमा हकप्रद निष्काशनपछि चुक्ता पुंजी ५७ करोड ६८ लाख पुग्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved