तीन दिनपछि खुलेको बजारमा किन आयो भारी गिरावट ? यस्ता छन् सम्भावित ४ कारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 04, 2017 | 01:32:57 PM मा प्रकाशित

laxmi  sunrise bank

तीन दिनको बिदा पश्चात खुलेको आजको सेयर कारोबारमा दिन भर तिब्र उतारचढाब देखियो।  आज सोमबार बजार परिसूचक नेप्सेमा भारी गिरावट आयो । आज नेप्से सूचक २५.४७ अंकले घटेर १५५४.५६ को बिन्दुमा आएर रोकिएको छ  । आज कारोबारमा आएका १५२ कम्पनीका १५ लाख ७० हजार ७ सय ३१ कित्ता शेयर खरिद बिक्रिबाट ८४ करोड २९ लाख २० हजार ३४ रुपियाँको कारोबार भएको छ 

आज फस्ट माइक्रोफाइनान्सको सबै भन्दा धेरै ३ करोड २७ लाखको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, महालक्ष्मी विकास  बैंक, युनाइटेड इन्स्योरेन्स लगायत रहेका छन् । 

आज आरएसडिसी लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । हाम्रो विकास बैंक, प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताले धेरै गुमाएका छन् ।


यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु : 



यस्ता छन् सर्बाधिक गुमाउने कम्पनीहरु : 


आजको कारोबारमा तिब्र उतारचढाबका लागि यहि कारण जिम्मेवार रहेको किटान नभएपनि केहि 'चर्चा' छन् जसले बजारलाई प्रभावित बनाएको छ।

बजारलाई प्रभावित बनाएका सम्भावित कारण।

१।धितोपत्र बोर्डको बिज्ञप्ती

नेपाल धितोपत्र बोर्डले आर्थिक बर्ष ७४-७५ को धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक बर्षदेखि प्यान नम्बर अनिवार्य गर्ने बताएको छ । बोर्डले आगामी आर्थिक वर्ष २०७५/७६ बाट सेयर बजारमा कारोबार गर्न प्यान (स्थाइ लेखा नम्बर) अनिवार्य गर्ने नीति सार्वजनिक गर्दा यसबाट लगानीकर्तामा अन्यौल र त्रासको देखिएको छ। बोर्डले के कसरी प्यान लागु गर्ने स्पष्ट नखुलाएपनि बजारमा अहिलेपनि धेरै लगानीकर्ताहरु प्यानमै रहेकाले पनि यस व्यवस्थाबाट आत्तिनु नपर्ने तर बोर्डको 'प्यान नीति' अस्पष्ट हुँदा लगानीकर्ता अत्ताउने काम भएको एक ब्रोकर अधिकारीले बताए।

२. ब्याजदर

केहि संचार माध्यममा प्रकाशित 'तत्काल ब्याजदर नघट्ने' भन्ने आशयको समाचारले पनि लगानीकर्तामा त्रास र अन्यौल बढाएको हुन सक्ने अनुमान गरिएको छ।


३. फेस्टिभ मुड

 बजारमा चलेका र चलाइएका चर्चाले बजार अझै घट्न सक्ने हो कि भन्ने डरले लगानीकर्ता सस्तोमै सेयर बिक्री गरि रकमको जोहो गर्न लाग्दा आपूर्ति बढ्दा आजको कारोबारमा तिब्र उतारचढाब देखिएको हो कि भन्ने आशंका छ। यद्दपी बजारमा ठुला र संस्थागत लगानीकर्ताले भने घट्दो बजारको भरपुर फाइदा उठाउदै घटेर नै सेयर उठाइरहेको बताइएको छ। जसकारण पनि आजको कारोबारमा ८४ करोड बढीको कारोबार भएको हो।

४. आत्मविश्वासको कमी ।

लगानीकर्ता बिशेष गरी नयाँ लगानीकर्ताले आत्मबिश्वास गुमाउँदा बजारमा तिब्र उतार चढाब देखिएको एक लगानीकर्ताको भनाई छ। धितोपत्र बोर्डले ल्याएको 'प्यान नीति' दीर्घकालीन भएको र यस सम्बन्धमा स्पष्ट व्यवस्था आइनसकेको अवस्थामा बिशेष गरी नयाँ लगानीकर्तामा बजार अझै घट्ने हो कि भन्ने 'डर'ले काम गरेको उनको भनाई छ। 'बजार बढ्दा अझै बढ्छ र घट्दा अब के के नै हुने भयो' भन्ने सोच केहि लगानीकर्ता र बिशेषगरि नयाँ लगानीकर्तामा रहेको र आजको कारोबारमा त्यहि देखिएको अनुमान छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved