नबिल बैंक र सिटिजन्स बैंकले डाके साधारणसभा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 05, 2017 | 11:34:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक र सिटिजन्स बैंकले साधारण सभा आह्वान गरेका छन् । नबिल बैंकले असोज १० गते र सिटिजन्सले असोज ९ गते साधारणसभा आह्वान गरेका हुन् । 

साधारणसभामा नबिल बैंकले लाभांश प्रस्ताव लैजाने छ । नबिल बैंकले  ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद गरि ४८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । साधरणसभा र लाभांश प्रयोजनको लागि बैंकले भदौ २७ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । भदौ २६ गतेसम्म कायम बैंकका सेयरधनीले मात्र लाभांश पाउने र साधारणसभामा भाग लिन पाउने छन् ।

 ३० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ३ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब १८ करोड रहेको छ। बैंकले गत आर्थिक बर्ष  ३ अर्ब ६२ करोड खुद मुनाफा गरेको थियो।  

त्यस्तै सिटिजन्स बैंकले असोज ९ गते साधारणसभा डाकेको छ ।  साधारणसभामा बैंकले लाभांश प्रस्ताव लैजाने छ ।   गत आर्थिक बर्षको कमाईबाट सिटिजन बैंकले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।  

बैंकले साधारणसभा प्रयोजनका लागि भदौ १२ देखि १६ गतेसम्म सेयरधनी किताब बन्द गरेको थियो । भदौ ११ गतेसम्म कायम रहेका बैंकका सेयरधनीले मात्र साधारणसभामा भाग लिन र बोनस पाउने छन् ।  

बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्नेछ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved