ङादी ग्रुपको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 06, 2017 | 08:19:00 AM मा प्रकाशित

laxmi  sunrise bank

ङादी ग्रुप पावर लिमिटेडले असोज ४ गते चौथो साधारण सभा गर्दै छ । साधारणसभामा १० प्रतिशत बोनस प्रस्ताव र बोनस पछि ३० प्रतिशत हकप्रद प्रस्ताव पेश हुने छ । 

कम्पनीको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७३/७४ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.५३ प्रतिशत लाभांश रकम दिने प्रस्ताव गरेको थियो । कम्पनीले गत बर्षको साधारण सभा बाट नै ३० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । तर उक्त शेयर निष्काशन भई नसकेकोले अहिले १० प्रतिशत बोनसपछि कायम हुने चुक्तापुंजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले भदौ २२ देखि असोज ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आज भदौ २१ गतेसम्म कायम शेयरधनीले मात्र १० प्रतिशत बोनस र साधारणसभामा भाग लिन पाउने छन्   ।

 १० प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्ता पुंजी ५३ करोड ५५ लाख ५४ हजार ८ सय पुग्नेछ भने ३० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ६९ करोड ६२ हजार २१ हजार २ सय ४० पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved