कुमारी बैंकको १ करोड ३५ लाख कित्ता शेयर नेप्सेमा सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 06, 2017 | 10:30:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा कुमारी बैंक लिमिटेडको १ करोड ३५ लाख कित्ता शेयर सुचिकृत भएको छ । आज बुधबार बैंकको १ करोड ३५ लाख ३९ हजार २ सय १ दशमलव ५८ कित्ता शेयर सुचिकृत भएको हो ।

कुमारीले काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेड, महाकाली विकास बैंक लिमिटेड, काक्रेविहार विकास बैंक लिमिटेड र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेकाले आज ति बैंकको शेयर सुचिकृत भएको हो 

कुमारी बैंकले चार वित्तीय संस्थालाई प्राप्ति गरि असार १६ देखि  एकीकृत कारोबार थालेको थियो। 


बैंकले एकीकृत कारोबार पश्चात कायम चुक्ता पुंजीबाट २० प्रतिशत अर्थात एक अर्ब उन्नाइस करोड बराबरको हकप्रद निष्काशन गर्ने छ। बैंकको  गत चैत ९ मा बसेको साधारणसभाले उक्त प्रस्ताब पारित गरेको हो। हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब ४ करोड पुग्ने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved