एभरेष्ट बैंकको २ लाख ५३ हजार कित्ता शेयर आजदेखि लिलाममा, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2017 | 06:21:28 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेस्ट बैंक लिमिटेडले भदौ २५ गतेदेखि हकप्रदमा अवितरित  शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ । बैंकले हकप्रदमा अवितरित २ लाख ५३ हजार ७ सय ९७ कित्ता साधारण शेयर लिलाम गर्न लागेको हो । बैंकले असार १८ देखि साउन २२ गतेसम्म ३३।३३ प्रतिशत हकप्रद निष्काशन गरेकोमा करिब १।६ प्रतिशत बिक्रि भएका थिएनन् । 

लिलामको शेयर खरिदको लागि असोज १ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । असोज २ गते लिलाममा परेको आवेदन खोलिने छ । लिलामको लागि एनआईबिएल क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ ।

 

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। 

इच्छुक बोलकबोल दाताले  एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाटबाट आवेदन लिन सक्ने छन् ।  बोलकबोल दाताले   शेयर खरिदको लागि आवश्यक रकम  कुमारी बैंकमा रहेको एनआईबिएल क्यापिटल मार्केट्सको नाममा रहेको खाता नम्बर 0124524616846016 मा लिलाममा रहेको जम्मा गर्नु पर्ने छ। 


बैंकले गत आर्थिक बर्ष १ अर्ब ९८ करोड ६९ लाख ८ हजार रुपैयाँ खुद मुनाफा गरेको छ। बैंकको जगेडा कोषमा ५ अर्ब ८८ करोड ३७ लाख ५९ हजार रहेको छ। बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ २० करोड ६८ लाख रहेको छ। बैंकको चुक्ता पुंजीमा आधारभुत सेयरधनी र संस्थापक सेयरधनीबाट प्राप्त कल इन एड्भान्सलाई समायोजन गर्दा चुक्ता पुंजी ५ अर्ब ७४ करोड १० लाख ९५ हजार पुगेको छ । ३३ प्रतिशत हकप्रद सेयर र बिक्रि नभएको शेयर लिलाममा बिक्रि गरेपछि बैंकको चुक्ता पुंजी ६ अर्ब ३ करोड ७९ लाख १२ हजार ३ सय पुग्ने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved