३० प्रतिशत हकप्रद निष्काशनको लागि ओम डेभलपमेन्ट बैंकको बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2017 | 08:53:38 AM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंकले हकप्रद निष्काशन प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ   ।  बैंकले हकप्रद निष्काशनको लागि भदौ ३० गते बुक क्लोज गर्ने निर्णय गरेको हो  । भदौ २९ सम्म कायम शेयरधनीले हकप्रदको लागि आवेदनदिन सक्ने छन्  ।

 बैंकले ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो  ।  बैंकले ४९ करोड ३१ लाख ८३ हजार ५ सय रुपियाँ बराबरको ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो  ।  

ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक हालै मर्ज भएका हुन्   । 

 गोरखाको बसपार्कमा प्रधान कार्यालय रहेको मनास्लु विकास बैङ्क र कास्कीको पोखरामा प्रधान कार्यालय रहेको ओम विकास बैङ्क बिचको मर्जर पश्चात चुक्ता पुंजी १ अर्ब ६४ करोड पुगेको छ । त्यस्तै ३० प्रतिशत हकप्रद बिक्रि वितरण पश्चात ओम विकासको चुक्ता पुंजी २ अर्ब १३ करोड पुग्ने छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved