साविकको सगरमाथा फाइनान्सका संस्थापक सीईओ राई स्ट्याण्डर्ड चार्टर्ड बैकको सञ्चालकमा नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2017 | 09:14:58 AM मा प्रकाशित

laxmi  sunrise bank

साविकको सगरमाथा फाइनान्सका संस्थापक प्रमुख कार्यकारी अधिकृत मन बहादुर राइ स्ट्याण्डर्ड चार्टर्ड बैकको सञ्चालकमा नियुक्त भएका छन् । बैंकको भदौ १९ गते बसेको संचालक समितिको बैठकले राईलाई  सर्बसाधारण लगानीकर्ता समुहबाट संचालक नियुक्त भएका हुन् । बैठकले स्ट्याण्डर्ड चार्टर्ड ग्रिन्डलेज लिमिटेड अस्ट्रेलियाको तर्फबाट केरन डिलविजलाई पनि संचालकमा नियुक्ति गरेको छ   ।

को हुन् राई ?

२०४० देखि २०४२ सालसम्म शिक्षण पेशामा संलग्न भएका राईसँग निजी क्षेत्रको उत्पादन उद्योगको अनुभव छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको तारा गाउ विकास समितिमा स्थायी लेखापालको रुपमा प्रवेश गरेका राई १० महिनामा कायम मुकायम लेखा अधिकृत र २३ महिनामा व्यापार महाशाखा लेखा प्रमुख बनेका थिए ।

उनले २०४३ साउन देखि २०४८ बैशाखसम्म तारा गाउँ विकास समितिको विभिन्न पदमा रहेर काम गरे । २०४८ बैशाख १ देखि उनले युनाईटेड मिसन टु नेपालको बुटवल स्थित फोरेष्टी प्रोजेक्ट प्रमुखको रुपमा २०४९ मंसिर सम्म काम गरे । २०४९ पुस देखि २०५१ सम्म चितवनको रत्ननगर टाँडी स्थित एसटीबी ब्रिक टायर उद्योगमा उद्योग प्रमुखको रुपमा काम गरेको अनुभव राई संग छ । उनले २०५४  देखि  टेक्सटाइल उद्योगमा महाप्रबन्धक र २०५५ देखि कर कन्सलटेन्ट भई प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरे ।

त्यसपछि काठमाडौका. बालुवाटास्थित गृहिणी सुपर मार्केटमा कार्यकारी अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दै आएका राई २०६१ फागुन २ गतेदेखि सविकको सगरमाथा फाइनान्समा प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । हाल सगरमाथा फाइनान्सलाई सेन्चुरी बैंकले १००:९५ को स्वाप रेसियोमा गाभेको हो ।

साविकको सगरमाथा फाइनान्सका डेपुटी सीईओ अशोक बुढाथोकी यस अघि नै नागरिक लगानी कोषको संचालकमा नियुक्त भएका छन् । बुढाथोकी पनि सर्वसाधारण लगानीकर्ता समुह बाट नै संचालकमा नियुक्ति भएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved