इन्भेष्टमेन्ट बैंकले पहिलो सूचना अनुसार नै २५% बोनस दिनुपर्ने लगानीकर्ता संघको माग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2017 | 11:26:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयर लगानीकर्ता संघ नेपालले इन्भेष्टमेन्ट बैंकले पहिलो सूचना अनुसार नै २५% बोनस र १५% नगद लाभांश दिनुपर्ने माग गरेको छ । 

बुधबार बैंकले लाभांश घोषणा गर्दा सुरुमा २५% बोनस र १५% नगद लाभांश दिने नेप्से मार्फत जानकारी गराएको थियो ।  तर त्यसको केहि समयपछि नै बैंकले टाइप मिस्टेक भएको भन्दै १५% बोनस र २५ प्रतिशत नगद दिने नेप्से मार्फत नै जनाएको थियो  । यहि कारण बुधबार नेप्सेमा बैंकको शेयर मूल्य केहि समय मै ६२ रुपियाँसम्मले बढेको थियो  । लगानीकर्ताले बैंकले नियोजित रुपमा गलत सूचना दिएको आरोप लगाएका छन्। 



सेयर लगानीकर्ता संघ नेपालले बैंकले सूचना प्रवाहमा गल्ति गर्दा लगानीकर्तामा परेको अपुरणीय क्षतिको नेप्सेले जिम्मेवारी लिनु पर्छ कि पर्दैन भन्दै प्रश्न पनि गरेको छ । संघले बिज्ञप्तिमा भनेको छ 'भोली फेरी सुचिकृत कम्पनीहरुले यस्तो सूचना जारि गर्दा लगानीकर्ताले के आधारमा यस्ता सूचनाको बिश्वास गर्ने ?"

नियामक निकाय प्रति पनि प्रश्न उठाउदै संघले पुंजीबजारमा संलग्न आधिकारिक निकायहरुले यस्ता गैर जिम्मेवार प्रबित्ति निरुत्साहित गर्नको लागि पहली कदम लिनु पर्ने माग गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved