लुम्बिनी जनरल इन्स्योरेन्सले अवितरित शेयर भदौ २८ गतेदेखि लिलाम विक्री गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2017 | 12:14:17 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्सले भदौ २८ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा गर्ने भएको छ । कम्पनीले ४२ हजार ८ सय १५ कित्ता साधारण शेयर  लिलाम बढाबढमा गर्ने लागेको हो । इन्स्योरेन्सले असार ३० गतेदेखि हकप्रद निष्काशन गरेको थियो । 

इच्छुक बोलकबोलदाता भदौ २८ गतेदेखि असोज ६ गतेसम्म  आवेदन दिन सक्ने छन् । लिलामको लागि सीबिआईएल क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । 

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। 

हाल कम्पनीको चुक्ता पुंजी ३९ करोड रहेकोमा सम्पूर्ण  हकप्रद बिक्रिपछि चुक्ता पुंजी ७८ करोड पुग्ने छ । बिमा समितिको निर्देशन अनुसार हरेक निर्जीवन बिमा कम्पनीले आर्थिक बर्ष ७४/७५ को अन्त्यसम्ममा १ अर्ब चुक्ता पुंजी पुर्याउनु पर्ने छ   । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved