मितेरी डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, ३१ प्रतिशत बोनस दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2017 | 01:45:49 PM मा प्रकाशित

laxmi  sunrise bank

मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ  । बैंकको भदौ २१ गते बसेको संचालक समितिको बैठकले ३१.४८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.६६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो  


बैठकले गत आर्थिक बर्षको नाफा, संचित मुनाफा, तथा शेयर प्रिमियम समेतबाट चुक्ता पुंजीको ३१.४८ प्रतिशत हुन् आउने ११ करोड ९७ लाख ६ हजार ९ सय ४० बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.६६ प्रतिशत अर्थात् ६३ लाख ३ सय ६५ रुपियाँ ४७ पैसा बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो  

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved