अघि बढ्यो नेपाल इन्भेष्टमेन्ट बैंक बिरुद्दको कारबाही प्रक्रिया, के होला अब ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 07, 2017 | 04:58:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकले प्रवाह गरेको लाभांश सम्बन्धी सूचनाको सम्बन्धमा कारबाही प्रक्रिया अघि बढेको छ। बैंकबाट हुन् गएको उक्त प्रकरणबारे बैंकलाई स्पष्टीकरण बुझाउन बुधबार नै पत्र काटिसकेको नेपाल धितोपत्र बोर्डले जनाएको छ। 

'बैंकबाट लाभांश सम्बन्धी सूचना प्रवाहमा हुन गएको सन्दर्भमा स्पष्टीकरण बुझाउन बोर्डले उही दिन (बुधबार, भदौ २१) नै पत्र काटेर स्पष्टीकरण सोधेको छ, उसले दिने जवाफका आधारमा नै कारबाही तय हुनेछ' बोर्डका सहप्रवक्ता निरंजय घिमिरेले बिजपाटीलाई बताए। बोर्डले तीन दिनको अवधी दिएको र त्यस अवधिभित्र बैंकको जवाफ र ऐन कानुनमा भएको व्यवस्था अनुसार नै कारबाही हुने घिमिरेले बताए।

भदौ २१ गते बुधबार बैंकले बजार खुलेलगत्तै लाभांश सम्बन्धि सूचना नेपाल स्टक एक्सचेन्ज मार्फत सार्वजनिक गरेको थियो। बैंकद्वारा जारी लाभांश सम्बन्धि सूचनामा बैंकले २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने उल्लेख थियो । तर त्यसको करिब आधा घण्टा पछी बैकले 'टाइप मिस्टेक' भएको भन्दै उक्त सूचना सच्याएर २५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर दिने निर्णय भएको जानकारी गराएको थियो। 

बैंकद्वारा जारी पहिलो सूचनाका कारण बैंकको सेयर प्रति कित्ता ६० रुपैयाँसम्मले बढेको थियो। उच्च दरले लाभांश पाउने आशामा  'बढेको' मुल्यमा सेयर उठाउने लगानीकर्तालाई बैकको दोस्रो सूचनाले 'घात' गरेको छ। यसबाट लगानीकर्ताको लगानी फसेको छ भने पुंजीबजारमा गलत अभ्यास बस्ने 'खतरा' बढेको छ। 

विभिन्न संघ संस्थामा आबद्द सेयर लगानीकर्ता तथा सेयर बिज्ञहरुले बैंकद्वारा भएको यस प्रकारको गम्भीर गल्तिले लगानीकर्ता मारमा परेकाले उनीहरुलाई क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन भने केहि लगानीकर्ताले बैंकको सेयर कारोबार रद्ध गरिनुपर्ने समेतको माग गरेका छन।    

इन्भेष्टमेन्ट बैंकले पहिलो सूचना अनुसार नै २५% बोनस दिनुपर्ने लगानीकर्ता संघको माग


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved