सेन्चुरीको बिशेष साधारणसभा आज, मुख्य एजेन्डामा अल्पाइन र सेतीलाई किन्ने प्रस्ताब

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 08, 2017 | 07:59:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंकले अल्पाइन डेभलपमेन्ट बैक र सेती फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताब पारित गर्न आज बिशेष साधारण सभा डाकेको छ। यस अघि अरनिको, इन्नोभेटीब डेभलपमेन्ट बैंक र  सेती फाइनान्सलाई गाभेको बैंकले दुई संस्थालाई प्राप्ति गर्न भदौ आज बिशेष साधारणसभा डाकेको हो। 

साधारणसभाले अल्पाइन डेभलपमेन्ट बैंकलाई र सेती फाइनान्सलाई क्रमश: ९३ प्रतिशत र ७० प्रतिशत स्वाप अनुपातमा प्राप्ती गर्ने प्रस्ताब पारित गर्नेछ। बिशेष साधारणसभा प्रयोजनका लागि बैंकले भदौ १५ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेकाले भदौ १४ गतेसम्म कायम सेयरधनीले मात्र बिशेष साधारणसभामा सहभागी हुन पाउनेछन। 

सेन्चुरीको ४० प्रतिशत हकप्रद भर्न १५ दिन म्याद थप, यसरी जुटाउदै छ चुक्ता पुंजी ८ अर्ब 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन ससाना वित्तीय संस्था प्राप्ती गरेको सेन्चुरीले हाल ४० प्रतिशत हकप्रद बिक्री गरिरहेको छ। अल्पाइन डेभलपमेन्ट तथा सेती फाइनान्सलाई समेत पुंजीकृत गर्दा बैंकको चुक्ता पुंजी ७ अर्ब ८६ करोड हुन आउँछ। ३ प्रतिशत बोनस सेयर बितरण गर्दा पनि बैंकको चुक्ता पुंजी ८ अर्ब १० करोड पुग्नेछ। 

बैंकको वित्तीय अवस्था र लाभांश क्षमता 

तीन संस्था प्राप्ती अघि सेन्चुरीको कमाई ६१ करोड,रिजर्भमा १ अर्ब बढी हुँदा लाभांश क्षमता कति ?

बाणिज्य बैंक मध्ये सबै भन्दा ढिलो आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको सेन्चुरी बैंकले गत आर्थिक बर्ष ४४ करोड ७४ लाख ९९ हजार रुपैंया खुद नाफा कमाएको छ । बैंकले तीन वटा वित्तीय संस्था (अरनिको, इन्नोभेटिब डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्स) बाट गत आर्थिक बर्षको असार मसान्तसम्मको खुद मुनाफा १६ करोड ७८ लाख जगेडा कोषमा राखेको छ। यस आधारमा प्राप्ती अघि बैंकको खुद मुनाफा ६१ करोड ५३ लाख हुन आउँछ। 

सेन्चुरी बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अरनिङ ७ लाह ७५ हजार रहेको छ भने विभिन्न संस्थाहरु प्राप्ती गर्दा स्वापबाट १५ करोड ५५ लाख आम्दानी गरेको छ। त्यस्तै अवितरित हकप्रद लिलामी मार्फत बिक्री गर्दा करिब ५ करोड ७२ लाख प्रिमियम संकलन भएको छ। यस अवधिमा बैंकको जगेडा कोषमा १ अर्ब १८ करोड छ। 

गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ, प्रिमियम संकलनको रकमको आधारमा सेन्चुरी बैंकले ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रक्षेपण गरिएको छ। बैंकसंग ९ प्रतिशत बोनस सेयर दिने क्षमता रहेको छ।   




   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved