आईसिएफसि फाइनान्सले गर्यो लाभांश घोषणा, हेर्नुस कति दिने भयो बोनस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2017 | 10:31:29 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसिएफसि फाइनान्सले लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा ११.०५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पारित गरेको हो

उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ । बिजपाटी डटकमले आइसीएफसी फाइनान्सले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने प्रक्षेपण गरेको थियो, जुन ठ्याक्कै मिलेको छ। 

आइसिएफसी फाइनान्सले गत आर्थिक बर्ष १९ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। १० प्रतिशत बोनस सेयर वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ८८ करोड १९ लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ८० करोड १७ लाख छ। 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार फाइनान्सले पुर्याउनु पर्ने चुक्ता पुंजी ८० करोड गत बर्ष नै पुर्याउएको छ। गत बर्ष फाइनान्सले १७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 

के तपाई फाइनान्स कम्पनीको सेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ ? जान्नुहोस, यी १६ फाइनान्सको वित्तीय अवस्था






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved