यी हुन् नेप्सेको सिइओका लागि छनौट भएका अन्तिम ५ जना, यस्तो छ अबको प्रक्रिया

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2017 | 12:43:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सकिएको २ महिना बिती सक्दा पनि उक्त पदमा नयाँ नियुक्ति हुन् सकेको छैन । अर्थ मन्त्रालयले  खुला प्रतिस्पर्धाबाटै कार्यकारी नियुक्त गर्ने निर्णय गरेकोपछि नयाँ नियुक्ति झन् लम्बिएको हो ।

अर्थ मन्त्रालयद्वारा नेप्सेको सीईओको नियुक्ति लागि गठित छनौट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि व्यवसायिक कार्ययोजनासहितको दरखास्त माग गरेको थियो। जस अनुसार नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि १३ जनाले आवेदन दिएका थिए। 

अहिले समितिले १३ जना मध्येबाट ५ जनालाई छनौट गरेको छ । समितिले शैक्षिक योग्यता र ब्यबसायिक कार्ययोजनाको परीक्षणबाट प्राप्तांकको प्राथमिकताको आधारमा ५ जनालाई छनौट गरेको बताएको छ  । अब समितिले छनौट भएका ५ जनाबाट ब्यबसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिने छ  । त्यसपछि समितिले ३ जनाली छनौट गरेर मन्त्रीपरिषदमा पठाउने छ । मन्त्रीपरिषद्ले तीनजना मध्येवाट एकलाई सिइओ नियुक्ती गर्ने छ। 

अन्तिम ५ को छनौटमा चन्द्र सिंह साउद, प्रमोद राज शर्मा, प्रविन पन्दाक, मनोजकुमार ज्ञवाली र सिताराम थपलिया परेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved