मुक्तिनाथ बिकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2017 | 06:15:53 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ बिकास बैंकले भदौ ४ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ। चालु आर्थिक बर्षमा हकप्रद निष्काशनको अनुमति पाउनेमा पहिलो संस्था बनेको मुक्तिनाथ विकास बैंकले १० बराबर ४ कित्ता सेयर अर्थात ४० प्रतिशतका दरले हकप्रद निष्काशन गरेको हो । 

बैंकले ६१ करोड ७० लाख रुपैयाँ बराबरको ६१ लाख ७० हजार ८ सय ६५ दशमलब ०४ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। हकप्रद निष्काशनको लागि बैंकले साउन २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन १९ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् । लगानीकर्ताले असोज ८ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

हकप्रद निष्काशन तथा बिक्रिका लागि बैंकले एनआइबिएल क्यापिटल मार्केटलाई बिक्रि प्रबन्धकको रुपमा चयन गरेको छ। लगानीकर्ताले एनआईबिएल क्यापिटल मार्केट्सको लाजिम्पाट स्थित कार्यालय, मुक्तिनाथ विकास बैंकको सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल इन्भेस्टमेन्ट बैंकको बिराटनगर , नेपालगंज र धनगढीबाट आवेदन दिन सक्ने छन।


राष्ट्रिय स्तरको बिकास बैंकले २०७४ असार मसान्तभित्र चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउनु पर्ने भएकाले बैंकले ४० प्रतिशत हकप्रद बिक्री गरेको हो। हाल बैंकको चुक्ता पुंजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। 

बैंकको गत मङ्सिर ४ मा बसेको बार्षिक साधारणसभाले ४० प्रतिशत हकप्रद बिक्रि गर्ने निर्णय पारित गरेको हो। ४० प्रतिशत हकप्रद निष्काशन तथा बिक्रि पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब १५ करोड पुग्ने छ। त्यसपश्चात राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी पुर्याउन बैंकले चालु आर्थिक बर्षमा  करिब १६ प्रतिशत बोनस सेयर वितरण गर्नु पर्ने छ। बैंकले यस आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ३५ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved