लगानीकर्ताको मनोबल कम्जोर हुँदा सेयरबजारमा 'पहिरो', ३४ अंकले नेप्से घट्दा सबै सूचक राताम्मे

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2017 | 05:15:44 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिनको कारोबारमा नै नेप्सेमा उच्च गिरावट आएको छ। कारोबार खुलेको केहि 'मिनेस' हरियो देखिएको नेप्से २ दशमलब २४ प्रतिशत अर्थात ३४.८९ अंकले घटेर १५१९.६६ को बिन्दुमा झरेको छ। 

आइतबार कारोबारमा आएका १५८ कम्पनीका १५ लाख ५७ हजार ३८३ कित्ता सेयर खरिद बिक्रीबाट ९२ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ। आइतबारको कारोबारमा सबै सूचक घटेर राताम्मे भएका छन। 

नेप्सेमा एकै दिनमा उच्च गिरावट आउनुमा लगानीकर्ताको कम्जोर मनोबल भएको मानिएको छ। बिक्रेता भन्दा खरिद कर्ता हाबी रहेको रहंदा नेप्सेमा उच्च गिरावट आएको जानकार बताउछन। 

नेप्सेमा सुचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्दा समेत त्यसले लगानीकर्तामा सकारात्मक उर्जा सिर्जना गर्न सकेको छैन। बजार अझै घट्ने हो कि भन्ने त्रासमा रहेका लगानीकर्ताले घटेरै भएपनि सेयर बेच्ने प्रवृति हाबी हुँदा नेप्सेमा उच्च गिरावट आएको बताइएको छ।    

बजार घटेको मौकामा छानी छानी राम्रो कम्पनिका सेयर मुल्य सस्तोमा उठाउने होडबाजी पनि आज उत्तिकै देखिएको एक ब्रोकर अधिकारी बताउछन। उनका अनुसार बिशेषगरी नयाँ लगानीकर्ताको मनोबल गिरेको फाइदा केहि संस्थागत र पुराना अनुभवी लगानीकर्तालाई भएको छ। उनीहरुले जति सक्दो घटाएरै सेयर उठाएका छन। जसकारण नेप्से ३४ अंकले घट्दा समेत कारोबार रकम ९२ करोड नाघेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved