धितोपत्र बोर्डबाट दुई विकास बैंक र एक फाइनान्सको ६७ लाख कित्ता हकप्रद स्वीकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2017 | 05:41:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्ड, सेबोनले एकै दिन दुई बिकास बैंक र एक फाइनान्स कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको छ। सेबोनले भार्गब विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले हकप्रद निष्काशनको अनुमती पाएका हुन। 

भार्गबले ८० प्रतिशतका दरले हकप्रद निष्काशनको अनुमति पाएको हो भने नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र फाइनान्सले क्रमश १२० प्रतिशत र ४० प्रतिशतका दरले हकप्रद निष्काशनको अनुमती पाएका हुन। धितोपत्र बोर्डले भदौ २५ गते आइतबार एकै दिन तीन संस्थालाई ६७ लाख २९ हजार ४६७ कित्ता हकप्रद जारी गर्ने अनुमति दिएको हो।    

भार्गब विकास बैंक

भार्गबले १० बराबर ८ कित्ता सेयर अर्थात ८० प्रतिशतका दरले २१ करोड १२ लाख रुपैयाँ बराबरको २१ लाख १२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो। बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। 

८० प्रतिशतका दरले हकप्रद बिक्री तथा बितरण पश्चात भार्गबको चुक्ता पुंजी ४७ करोड ५२ लाख पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी २६ करोड ४० लाख छ। 

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक 

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले १० बराबर १२ कित्ता अर्थात १२० प्रतिशतका दरले २६ करोड ४३ लाख रुपैयाँ बराबरको २६ लाख ४३ हजार ५३८।८० कित्ता हकप्रद जारी गर्न लागेको हो। बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ। १२० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४८ करोड ४६ लाख पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी २२ करोड २९ लाख छ। नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकले सांग्रिला बैंकसंगको प्राप्ति प्रक्रिया भाडिएपछी १२० प्रतिशत हकप्रद बिक्रि गर्ने बिकल्प रोजेको हो। 

गुहेश्वर्री मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स 

गुहेश्वरीले १० बराबर ४ कित्ता अर्थात ४० प्रतिशतका दरले १९ करोड ७३ लाख रुपैयाँ बराबरको १९ लाख ७३ हजार ९२८।७७ कित्ता हकप्रद जारी गर्न लागेको हो। फाइनान्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ। ४० प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात गुहेश्वरीको चुक्ता पुंजी ६९ करोड ८ लाख पुग्नेछ। हाल गुहेश्वरीको चुक्ता पुंजी ४९ करोड ३४ लाख छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved