समता माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, २० प्रतिशत बोनसपछी चुक्ता पुंजी कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2017 | 08:45:23 AM मा प्रकाशित

laxmi  sunrise bank

समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। समताको भदौ २४ गते शनिबारका दिन बसेको ५३ औ संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाई र संचिति मुनाफाबाट लाभांश घोषणा गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत जानकारी दिएको छ। 

समताले २० प्रतिशत बोनस सेयर र ११ दशमलब ५८ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) गरि ३१ दशमलब ५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र समताको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश बितरण हुनेछ। बिजपाटी डटकमले समताले ४२ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको थियो। 

२० प्रतिशत बोनस सेयर वितरण पश्चात समताको चुक्ता पुंजी ३ करोड ७९ लाख पुग्नेछ। हाल समताको चुक्ता पुंजी ३ करोड १६ लाख छ। समताले गत आर्थिक बर्ष १ करोड ४० लाख रुपैयाँ खुद मुनाफा गरेको छ। 

EXCLUSIVE:कुन लघुवित्तको सेयरमा लगानी बढी प्रतिफलमुलक ? जान्नुहोस, ३२ लघुवित्तको कमाई र लाभांश क्षमता





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved