वोमी माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, २० प्रतिशत बोनस पश्चात चुक्ता पुंजी कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2017 | 09:00:01 AM मा प्रकाशित

laxmi  sunrise bank

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। वोमीको भदौ २५ गते आइतबारका दिन बसेको ९४ औ संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।१०८ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत जनाइएको छ। 

उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र वोमीको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। बिजपाटी डटकमले वोमीले गत आर्थिक बर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरेको थियो। 

२० प्रतिशत बोनस सेयर वितरण पश्चात वोमीको चुक्ता पुंजी ८ करोड ३९ लाख पुग्नेछ। हाल वोमीको चुक्ता पुंजी ६ करोड ४८ लाख छ। वोमीले गत आर्थिक बर्ष २ करोड १० लाख खुद मुनाफा गरेको छ। 

EXCLUSIVE:कुन लघुवित्तको सेयरमा लगानी बढी प्रतिफलमुलक ? जान्नुहोस, ३२ लघुवित्तको कमाई र लाभांश क्षमता



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved