नगद लाभांशको मुल्य समायोजन अन्तर्राष्ट्रिय प्रचलन अनुरुप हुने (समायोजन प्रक्रिया सहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2017 | 01:55:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पुंजीबजारमा पनि अबदेखि नगद लाभांशको मुल्य समायोजन हुने भएको छ। अर्थमन्त्रालयले नगद लाभांशको मुल्य समायोजन गर्न निर्देशन दिएपछि नेप्सेले अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै हुने गरी यस्तो निर्णय गरेको हो। 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बिजपाटीलाई दिएको जानकारी अनुसार नेप्सेमा सुचिकृत कम्पनीले १० प्रतिशत भन्दा बढी नगद लाभांश दिएको अवस्थामा मात्र मुल्य समायोजन हुनेछ। मुल्य समायोजन हुँदा फेस भ्यालु नभई बजार मुल्य अनुसार नै हुने उनले बताए। 

कुनै पनि कम्पनीले बजार मुल्य भन्दा बढी हुनेगरी नगद लाभांश दिएको अवस्थामा मात्र सेयर मुल्य समायोजन हुनेछ। जस्तो नेप्सेमा सुचिकृत कुनै 'क' भन्ने कम्पनीको बजार मुल्य ७०० रुपैयाँ छ र उसले ५० प्रतिशत नगद लाभांश दिन्छ भने उक्त 'क' भन्ने कम्पनीको सेयर मुल्य समायोजन हुने छैन। 

तर यदी कुनै 'ख' भन्ने कम्पनीको बजार मुल्य ७०० रुपैयाँ छ र उसले ७० प्रतिशत नगद लाभांश दिन्छ भने उक्त 'ख' भन्ने कम्पनीको सेयर मुल्य समायोजन हुनेछ। ७०० रुपैयाँ बजार मुल्य भएको कम्पनीले ७० प्रतिशत नगद लाभांश दिंदा १० प्रतिशतले सेयर मुल्य समायोजन भई उक्त 'ख' भन्ने कम्पनीको समायोजन पछीको सेयर मुल्य ६९३ रुपैयाँ ०६९ पैसा हुन् आउँछ। 

नेप्सेले अन्तर्राष्ट्रिय सेयर बजारमा भएको अभ्यास अनुसार नै नगद लाभांशको मुल्य समायोजन गर्ने निर्णय गरेको नेप्सेका प्रवक्ता पराजुलीले स्पष्ट पारेका छन। 

नेप्सेमा सुचिकृत अधिकांश कम्पनीहरुले बोनस सेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि मात्र नगद लाभांश दिने गरेपनि युनिलिभर, टेलिकम जस्ता कम्पनीहरुले नगद लाभांशमा जोड दिदै आएका छन। यद्दपी नगद लाभांश बितरण गर्दै आएका कम्पनीहरुको सेयर मुल्य समायोजन नभएको अवस्था थियो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved