अरुण फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2017 | 07:00:42 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण फाइनान्स लिमिटेडले भदौ ६ देखि हकप्रद बिक्री खुला गरेको छ। फाइनान्सले १ बराबर १ कित्ता सेयर अर्थात शतप्रतिशतको दरले असोज ९ गतेसम्मका लागि हकप्रद बिक्री खुला गरेको हो। 

फाइनान्सले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता हकप्रद बिक्री खुला गरेको हो। शतप्रतिशत हकप्रदका लागि साउन ९ गतेका लागि बुक क्लोज गरिएकोले साउन ८ गते सम्म कायम सेयरधनीहरुले हकप्रद भर्न पाउनेछन। फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

साउन ८ सम्म कायम इच्छुक सेयरधनीहरुले फाइनान्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, लाजिम्पाट, अरुण फाइनान्सको सबै कार्यालय तथा ग्लोबल आइएमई बैंकका केहि शाखाहरु मार्फत आबेदन फारम प्राप्त गरी हकप्रद भर्न सक्नेछन।  


शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ३० करोड पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी १५ करोड छ। फाइनान्सले गत आर्थिक बर्ष १ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

संकटग्रस्त अवस्थामा रहेको अरुण फाइनान्सलाई हाथवे इन्भेष्टमेन्टले लिएपछी सुस्त गतीमा सुधारोन्मुख तर्फ अघि बढेको छ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved