युनाईटेड फाइनान्सले गर्यो लाभांश घोषणा, भारतीय कम्पनीले २१ करोड लगानी गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 12, 2017 | 10:41:39 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड फाईनान्सले लाभांश घोषणा गरेको छ कम्पनीको भदौ २६ गते बसेको संचालक समितिको बैठकले आव ७३/७४ को मुनाफाबाट लगानीकर्तालाई १९ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो बोनसमा लाग्ने कर भने लगानीकर्ता आफैले तिर्नु पर्ने भएको छ

त्यस्तै कम्पनीमा भारतीय वित्त कम्पनी मुटुथ फाइनान्सले २१ करोड रुपैयाँ लगानी गर्ने भएको छ । फाइनान्सले मुटुथलाई बैदेशीक रणनीतिक साझेदारको रुपमा भित्राउन लागेको हो मुटुथ फाइनान्सले  प्रतिसेयर १ सय रुपैयाँ मूल्य नघट्ने गरि कम्तिमा २० प्रतिशत अर्थात् २१ लाख कित्ता शेयर खरिद गर्न लागेको हो

णनीतिक साझेदार भित्र्याउने प्रस्ताव दुवै कम्पनीका नियामक निकायबाट स्वीकृत भएपछि  र साधारण सभाबाट पारित भएपछि लागु हुनेछ साथै कम्पनीको बोनस प्रस्ताव समेत आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved