साधारणसभा र बोनस प्राप्तिको लागि सानिमा बैंकको बुक क्लोज मिति तय

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2017 | 12:34:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले साधारण सभा र साधारणसभाले पारित गर्ने बोनसको लागि असोज ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र सभाले पारित गरेको बोनस प्राप्त गर्न सक्ने छन् । 

 बैंकको भदौ १६ मा बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताब गरेको थियो ।

संचालक समितिको उक्त प्रस्ताव राष्ट्र बैंक र बैंकको साधारण सभाले पारित गरेपछि बैंकका शेयरधनीहरुले बोनस शेयर पाउने छन। बैंकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई बोनस शेयर दिने प्रस्ताव गरेको हो। अघिल्लो बर्ष बैंकले १५ प्रतिशत बोनस शेयर दिएको थियो।

बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्नु अघि कायम सेयरधनीहरुले बोनस शेयरका लागी कर तिर्नु नपर्ने सानिमा बैंकले जनाएको छ। सानिमा बैंकको असोज २८ मा बसेको १२ औ बार्षिक साधारणसभाले बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति (गाभ्ने) निर्णय गरेको हो। सानिमाले बागमतीलाई ४१ प्रतिशत स्वाप अनुपातमा प्राप्ति गरि गत पुष २९ देखि एकीकृत कारोबार थालेको हो। 

तर बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपश्चात दोस्रो बजारबाट सानिमा बैंकको सेयर खरिद गरेका सेयरधनीहरुले भने १६ प्रतिशत बोनस सेयर बापत लाग्ने कर तिर्नु पर्ने बैंकले जनाएको छ। राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन दिनका लागी मर्जर,एक्जिविसन वा एक्वायर गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई २ आर्थिक बर्षका लागी लाभांशमा लाग्ने करमा छुट दिएको छ।

 १६ प्रतिशत बोनस सेयर वितरण पश्चात सानिमा बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्नेछ। हाल सानिमा बैंकको चुक्ता पुंजी ६ अर्ब ८९ करोड रहेको छ।    बैंकले गत आर्थिक बर्ष अघिल्लो आर्थिक बर्षसंगको तुलनामा ३४ प्रतिशतले बढाएर १ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ भने उसको जगेडा कोषमा  २ अर्ब १९ करोड रहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved