रोहन शर्माको ब्लग : 'द शो मस्ट गो अन' भनेझैं चलिरहेको छ यहाँको सेयर बजार !

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2017 | 12:52:02 PM मा प्रकाशित

laxmi  sunrise bank

रोहन शर्मा 

मात्र "द शो मस्ट गो अँन" भनेझैं चलिरहेको छ यहाँको सेयर बजार !

खै जिम्मेवारीपन ?

मिडियाहरु जानेर वा नजानेर टिआएरपी बढाउन, पहिलो हुन र फरक प्रस्तुती दिन मनगढन्ते कुरा , गलत समाचारको सहारा लिन्छन्। केहिदिन अगाडीको कुरा हो एकाबिहानै एउटा अनलाईन मिडियाले लेख्यो "यस कारण आज सेयर कारोबार नहुने" लिन्क भित्र गएर हेर्दा लेखिएको थियो "आज निजामती दिवस , देशभरका निजामती कर्मचारीको बिदाको कारण सेयर कारोबार पनि बन्द हुनेछ!" उक्त पोर्टललाई निजामतीको अर्थनै थाहा रहेन छ। सामाजिक सँजालमा धेरैले गाली गरे। त्यस्तै एउटा पोर्टलले साधारण सभालाई " आज एनआईसी एसियाको बार्षिक उत्सब" भनेर लेखिदियो !

बजारमा खुलेआम ईन्साईडर ट्रेडिङ हुँदा नियामक मुकदर्शक बनेर बस्छ । लगानिकर्ता टुलुटुलु हेरेर बस्नुको बिकल्प छैन। गत हप्ता ईन्भेष्टमेण्ट बैंकको गलत सुचना प्रवाहलाई लिएर के कारवाही भयो? कारवाही भयो या भएन केहि सुनिएन।

लगानिकर्ताको हक र हितको लागी भनेर खुलेका ईन्भेष्टर फोरमहरु जब बजार घट्छ अनि मात्र दुलो बाट निस्केर बिज्ञप्ती छाप्छन्। लाग्छ बजार बढाउनु मात्रै उनिहरुको अन्तिम उदेश्य हो र यस बाहेक उनिहरुको कुनै जिम्मेवारी छैन। बजारको निरन्तर गिरावटपछी हिजो ईन्भेष्टर फोरमले प्रकाशित गरेको बिज्ञाप्ती यसैको उदाहरण हो। सँयोगबस झिनो अँकले बजार सकारात्मक हुँदा बजार बढ्नुको श्रेय उक्त बिज्ञप्तीलाईनै दिए कतिपय मिडियाहरुले।

प्राय लगानिकर्ता आफुले सेयर बेचिसकेपछी अब बजार घट्छ भन्दै हिंड्छन्! त्यही सेयर आफुसँग हुँदा बढ्ने अनि आफुले बेचिसकेपछि चाहिं घट्नु पर्ने कारण देख्छन् उनिहरु। लगानीकर्तामा मैले मात्र कमाउनु पर्छ , मै खाउँ, मै लाउँ भन्ने प्रबृती हावी छ। याद गर्नुहोस्, यदी कसैले बजारबाट मैले मात्र कमाउँ भन्ने सोच्छ भने उसले एक पटक त कमाउला तर दिर्धकालिन रुपमा कदापी कमाउन सक्दैन।

बजारमा प्राबिधिक बिश्लेशण यती हावी हुँदैछ कि लाग्छ बजारलाई कता मोड्ने भन्ने चाबीनै उसैको हातमा छ। हाम्रो बजारको सन्दर्भमा त आधारभुत पक्षलाई TA ले क्वाप्लाक्कै खाईदियो। बजारको उतार चढाव सँगै यसले दिने नयाँ नयाँ बिन्दुको पछी नलाग्ने हो भने कतै पछी परिने त हैन भन्नेमा छन् लगानिकर्ता। अनि कान नछामी कागको पछी दौडने जमातको पनि कमी छैन यहाँ।

कम्पनिहरुले उत्साहजनक बित्तिय बिवरणका साथ उत्कृष्ट लाभाँश प्रदान गर्दा पनि बजार किन अलमलमा?

बजारले सकारात्मक गती लिन तथा छालाङ मार्नको लागी यथास्थितीमा क्रम भंगताको आवश्यकता पर्दछ। बजारको बिकासको लागी अघी सारिएका बिषयहरु अलमलमै पर्नु , लामो समयसम्म रिक्त रहेको नेप्सेको महाप्रबन्धकको नियुक्ती हुन नसक्नु, नियुक्तीमा तिब्र चलखेलको प्रयास हुनु। अनलाईन ट्रेडिङ , एन.आर.एन लाई बजार प्रवेश , CIT लाई मार्केट मेकर, बैंकलाई ब्रोकर लाईसेन्स, ब्रोकर सँख्यामा बृद्धी , बजारको देशब्यापी बिस्तार लगायतका बिषयहरु कुरैमा मात्र सिमित हुनुले गर्दा पनि समग्र बजारनै अलमलमा परेर बाटो बिराएको भान हुन्छ। अनि कम्पनिहरुले उत्साहजनक बित्तिय बिवरणका साथ उत्कृष्ट लाभाँश प्रदान गर्दा पनि माथीका बिषयहरु ओझेलमा पारेको कारण बजारमा खासै आकर्षण देख्दैनन् लगानिकर्ता , एक हातले मात्र ताली कहाँ बज्छ र?

पछिल्लो समयमा बजारमा बोनस र हकप्रदको आपुर्ती यसरि बढेको छ कि जसलाई मागले धान्नै सकेको छैन। आपुर्ती अनुरुप माग पक्षलाई बलियो पार्ने बिषयमा कहिं कतैबाट पनि प्रयास गरिएको छैन। मात्र "The show must go on" भनेझैं चलिरहेको छ यहाँको सेयर बजार।

अब एकोहोरो हिसाबले नेप्से किन बढेन ? मैले किनेको सेयर को भाउ त बढ्दै बढेन, यति घाटा भयो , फलानो सेयरको मुल्य कती सम्म पुग्ला ? फलानो सेयर घटेर कती सम्म आउला ? भन्ने जस्ता हल्का कुरा गरी समय खेर नफालौं ।

एक हातले मात्र ताली बज्दैन , जती धेरै हातहरु हुन्छन् त्यतीनै तालीको आवाज पनि ठुलो हुन्छ। बजारमा देखिएका कमी कमजोरीलाई औंल्याउँदै गलत प्रबृती बिरुद्द आवाज उठाउन नछाडौं। साथै बजारसँग सरोकार राख्ने सबैले आफ्नो जिम्मेवारी मनन गरौं । जग बलियो भएपो घर बलियो हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved