इन्भेष्टमेन्ट बैंकको लाभांस घोषणा गर्दाको दिनको कारोबार रद्द हुने , नेप्सेलाई पनि स्पष्टीकरण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2017 | 04:58:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टमेन्ट बैंकले लाभांश घोषणा गरेको दिनको शेयर कारोबार रद्द हुने भएको छ  । नेपाल धितोपत्र बोर्डले  इन्भेस्टमेन्ट बैंकले लाभांस घोषणा गर्दाको दिन भदौ २१ गते बुधबारको सेयर कारोबार  रद्द गर्न निर्देशन दिएको हो  ।  

   गलत सूचना जारी गर्दा पनि इन्भेष्टमेन्ट बैंकको कारोबार किन नरोकेको भन्दै भन्दै बोर्डले नेपाल स्टक एक्चेन्ज नेप्सेलाई पनि सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको बोर्डको उच्च श्रोतले जनाएको छ   ।   

बोर्डले यसअघि नै सो दिनको कारोबारको राफसाफ नगर्न  निर्देशन दिएको थियो । 

बैंकले लाभांस घोषणा गरेको दिन भदौ २१ गते नेप्सेमा इन्भेष्टमेन्ट बैंकको ७ करोड नौ लाख ७७ हजार रुपैयाँ बराबरको ९१ हजार ९ सय ८९ कित्ता शेयर कारोबार भएको थियो । अघिल्लो दिन ७५७ रुपैयाँमा कारोबार बन्द भएको इन्भेष्टमेन्ट बैंकको लाभांस घोषणा गरेको दिन प्रतिकित्ता ८०५ रुपैयाँसम्ममा सेयर कारोवार भएको थियो। 

तर पछि बैंकले टाईप मिस्टेक भएको बताएपछि मूल्य पुन घटेर अन्तिम कारोवार ७६२ रुपैयाँमा भएको थियो।

बैंकले सुरुमा २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा नेप्से मार्फत जानकारी गराएको थियो तर करिब आधा घण्टापछि बैंकले टाइप मिस्टेक भएको र प्रस्तावित लाभांश १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश भएको जनाएको थियो ।

लगानीकर्ताले बैंकले सुनियोजित रुपमा यस्तो चलखेल गरेको भन्दै  पहिले घोषणा गरेको २५ प्रतिशत बोनस सेयर नै दिनु पर्ने माग गर्दै आएका थिए । बोर्डले यस बिषयमा थप छानविन गर्ने पनि स्रोतले बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved