मेगा बैंकको ६५ प्रतिशत हकप्रद बिक्रि खुला, कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 13, 2017 | 07:28:12 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकले भदौ २७ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ  । बैंकले १०:६.५ को अनुपातमा  ६५ प्रतिशत हकप्रद निष्काशन गरेको हो ।   बैंकले २ अर्ब ९७ करोड बराबरको सय रुपियाँ अंकित २ करोड ९७ लाख ८५ हजार ३४ दशमलव ६३ कित्ता हकप्रद बिक्रि गार्ण लागेको हो।  बैंकले हकप्रद निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

लगानीकर्ताले असोज ३० गतेसम्म हकप्रद भर्न सक्ने छन् । बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेडको कार्यालय र मेगा बैंकको सम्पूर्ण कार्यालयबाट हकप्रद भर्न सकिने छ   ।   बैंकले २०७३ माघ ६ गतेसम्म कायम भएका शेयरधनीले मात्र हकप्रद भर्न सक्ने जनाएको छ  ।   साथै गत माघ ९ गतेदेखि कारोबार रोक्का हुँदा नामसारी तथा दाखिल खारेज हुँन बाँकी शेयरधनीले भदौ १६ गतेसम्म प्रकृया पुरा गरेका शेयर धनीहरुले पनि हकप्रद भर्न सक्ने छन् । 

हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ५६ करोड पुग्ने छ ।  बैंकले गत बर्ष  ७९ करोड १४ लाख नाफा गरेको थियो भने बैंकको जगेडा कोषमा रहेको एक अर्ब २८ करोड रहेको छ ।  बैंकले ८ अर्ब चुक्ता पूँजीको लागि नपुग ४३ करोड करोड रकम बोनसबाट पुर्याउने देखिन्छ  । 

मेगा बैंक टुरिजम डेभलपमेन्ट बैंक मर्जरको तयारीमा छ ।  तर मर्जरले गति लिन नसकेपछि मेगाले आफै ८ अर्ब पुर्याउने तयारी गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved