अन्तत : नेपाल इन्भेष्टमेन्ट बैंकको भदौ २१ गतेको शेयर कारोबार रद्द

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 13, 2017 | 11:59:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टमेन्ट बैंकले लाभांश घोषणा गरेको दिनको शेयर कारोबार रद्द भएको छ  । नेपाल धितोपत्र बोर्डले  इन्भेस्टमेन्ट बैंकले लाभांस घोषणा गर्दाको दिन भदौ २१ गते बुधबारको सेयर कारोबार  रद्द गर्न निर्देशन दिएपछि नेप्सेले सोहि अनुसार कारोबार रद्द भएको जानकारी दिएको हो   ।  त्यस दिनको संस्थापक शेयरको कारोबार पनि रद्द गरिएको छ ।

 बोर्डले यसअघि नै सो दिनको कारोबारको राफसाफ नगर्न  निर्देशन दिएको थियो । 

बैंकले लाभांस घोषणा गरेको दिन भदौ २१ गते नेप्सेमा इन्भेष्टमेन्ट बैंकको ७ करोड नौ लाख ७७ हजार रुपैयाँ बराबरको ९१ हजार ९ सय ८९ कित्ता शेयर कारोबार भएको थियो । अघिल्लो दिन ७५७ रुपैयाँमा कारोबार बन्द भएको इन्भेष्टमेन्ट बैंकको लाभांस घोषणा गरेको दिन प्रतिकित्ता ८०५ रुपैयाँसम्ममा सेयर कारोवार भएको थियो। 

तर पछि बैंकले टाईप मिस्टेक भएको बताएपछि मूल्य पुन घटेर अन्तिम कारोवार ७६२ रुपैयाँमा भएको थियो।

बैंकले सुरुमा २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा नेप्से मार्फत जानकारी गराएको थियो तर करिब आधा घण्टापछि बैंकले टाइप मिस्टेक भएको र प्रस्तावित लाभांश १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश भएको जनाएको थियो ।

लगानीकर्ताले बैंकले सुनियोजित रुपमा यस्तो चलखेल गरेको भन्दै  पहिले घोषणा गरेको २५ प्रतिशत बोनस सेयर नै दिनु पर्ने माग गर्दै आएका थिए । बोर्डले यस बिषयमा थप छानविन गर्ने पनि बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved