ग्लोबल आइएमईले गर्यो लाभांश घोषणा, १० प्रतिशत बोनस पश्चात चुक्ता पुंजी कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2017 | 12:06:21 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ। भदौ २८ मा बसेको २७९ औ संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत बैंकले जानकारी गराएको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी ११ औ बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। बिजपाटी डटकमले ग्लोबल आइएमई बैंकले करिब २४ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र १४ प्रतिशत नगद लाभांश) दिने प्रक्षेपण गरेको थियो। गत बर्ष बैंकले १६ प्रतिशत बोनस सेयर बितरण गरेको थियो।  

बिशेष रिपोर्ट : ग्लोबल आइएमई र सानिमा बैंक मध्ये कसको लाभांश क्षमता बढी?

१० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ८८ करोड नाघ्नेछ। बैंकले नेपाल राष्ट्र बैंकले दिएको समय अवधि अगाबै ८ अर्ब चुक्ता पुंजी पुर्याईसकेको थियो। बैंकले गत आर्थिक बर्ष गत आर्थिक बर्ष २ अर्ब ३ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेको छ। 

EXCLUSIVE: डिबेन्चर प्रोभिजन पश्चात २८ बाणिज्य बैंक मध्ये कुन बैंकको लाभांश क्षमता कति ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved