गुडविल फाइनान्सको ८१ हजार ७२५ कित्ता सेयर लिलाममा, आजदेखि आबेदन खुला

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 14, 2017 | 06:55:31 AM मा प्रकाशित

laxmi  sunrise bank

गुडविल फाइनान्स लिमिटेडले हकप्रदमा अवितरीत सेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ। फाइनान्सले आगामी असोज १ देखि असोज १० सम्मका लागि हकप्रदमा अवितरित सर्वसाधारण सेयर लिलाममा राख्न लागेको हो। 

फाइनान्सले हकप्रदमा बिक्रीमा राखेको २७ करोड २२ लाख ५०० रुपैयाँ बराबरको २७ लाख २२ हजार ५०० कित्ता सेयर मध्ये हकदाबी नआएको  सर्वसाधारण तर्फको ३ प्रतिशत अर्थात ८१ हजार ७२५ कित्ता सेयर लिलाम मार्फत बिक्री गर्न लागेको हो। फाइनान्सले गत असार १८ देखि साउन २२ सम्म १० बराबर ६ अर्थात ६० प्रतिशतका दरले हकप्रद बिक्री गरेको थियो।  

लिलामको शेयर खरिदको लागि असोज १० गतेसम्म आवेदन दिन सकिने फाइनान्सले जनाएको छ । असोज १८ गते लिलाममा परेको आवेदन खोलिने छ । लिलामको लागि एनआईबिएल क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ ।

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। 


इच्छुक बोलकबोल दाताले  एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाटबाट आवेदन लिन सक्ने छन् ।  बोलकबोल दाताले   शेयर खरिदको लागि आवश्यक रकम  कुमारी बैंकमा रहेको एनआईबिएल क्यापिटल मार्केट्सको नाममा रहेको खाता नम्बर ०१२४५२४६१४४९१०१६ मा रकम जम्मा सक्नेछन। 

हकप्रद वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७२ करोड ६० लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ४५ करोड ३७ लाख छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८० करोड पुर्याउन फाइनान्सले ७ करोड ४० लाख रुपैयाँ बराबरको पुंजी थप गर्नु पर्नेछ। यसका लागि फाइनान्सले गत आर्थिक बर्षको कमाईबाट न्युनतम १०.२० प्रतिशत बोनस सेयर वितरण गर्नुपर्नेछ। फाइनान्सले गत आर्थिक बर्ष ९ करोड ६० लाख रुपैया खुद मुनाफा आर्जन गरेको छ।   

के तपाई फाइनान्स कम्पनीको सेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ ? जान्नुहोस, यी १६ फाइनान्सको वित्तीय अवस्था

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved