सानिमा माइ हाइड्रोपावर लिमिटेडको हकप्रदमा आबेदन दिने आज अन्तिम दिन हो। सानिमा माईले १ बराबार १ अर्थात शतप्रतिशतका दरले साउन २७ देखि आज अर्थात भदौ २९ सम्मका लागि हकप्रद बिक्री खुला गरेको हो।
कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ साउन १० गते बुक क्लोज गर्ने निर्णय गरेकाले साउन ९ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउने छन् ।
कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले १ अर्ब ५ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।लगानीकर्ताले सनराइज क्यापिटलको कार्यालय, कमलपोखरी र सानिमा बैंकका शाखा कार्यालयहरुबाट आवेदन लिन सक्ने छन् ।
८२ मेगावाट क्षमताको दुई आयोजना निर्माण प्रक्रिया अघि बढाउन हकप्रद निष्काशन गर्न लागेको सानिमा माइ हाइड्रोले जनाएको छ। कम्पनीले २८ मेगावाटको तल्लो लिखु र ५४ मेगावाटको मध्य तमोर आयोजना बनाउनका लागि आवश्यक पुंजी जुटाउन हकप्रद बिक्रि गर्न लागेको जनाएको छ।
हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम २६ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ। सानीमा माईले चालु आर्थिक बर्षको दोस्रो त्रमासमा २५ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब १० करोड पुग्ने छ ।