सम्मिट माइक्रोफाइनान्सको हकप्रदमा आबेदन दिने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 14, 2017 | 07:53:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सम्मिट माइक्रोफाइनान्सको हकप्रद बिक्री खुला भएको छ। फाइनान्सले १ बराबर १ कित्ता सेयर अर्थात शतप्रतिशतका दरले आजदेखि कत्तिक १ सम्मका लागि हकप्रद खुला गरेको हो। 

माइक्रोफाइनान्सले  १ करोड २५ लाख रुपैयाँ बराबरको ७ लाख २५ हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो। शतप्रतिशत हकप्रदका लागि भदौ ९ का लागि बुक क्लोज गरेकाले भदौ ८ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। 

माइक्रोफाइनान्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल छ। भदौ ८ सम्म कायम इच्छुक सेयरधनीहरुले सानिमा क्यापिटल, नागपोखरी र सानिमा बैंकका केहि शाखा कार्यालय र सम्मिट माइक्रोफाइनान्सको शाखा कार्यालय मार्फत हकप्रद फारम प्राप्त गरि आबेदन भर्न सक्नेछन। 

शतप्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पुंजी १४ करोड ५० लाख पुग्नेछ। हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी ७ करोड २५ लाख च। माइक्रोफाइनान्सले गत आर्थिक बर्ष ५ करोड १ लाख खुद मुनाफा आर्जन गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved