नेशनल माइक्रोफाइनान्सले गर्यो ३५ प्रतिशत लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 14, 2017 | 09:48:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को नाफाबाट  २० प्रतिशत बोनस तथा १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

माइक्रोफाईनान्सले गत आर्थिक बर्षमा ७ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको अनुमति दिएपछि र  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

हाल कम्पनीको चुक्ता पुंजी १० करोड रहेकोमा प्रतावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी १२ करोड पुग्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved