सेयर आपूर्तिमा 'नियन्त्रण' हुँदा लामो समयपछि नेप्सेमा हरियाली, ३७ अंकले बढ्यो सूचक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 14, 2017 | 01:22:13 PM मा प्रकाशित

laxmi  sunrise bank

केहि समय यता निरन्तर घटेको बजारमा साताको अन्तिम दिन आज बिहिबार भने भारी वृद्धि भएको छ । आज नेप्से सूचक ३७,११ अंकले बढेर १५३०.३१ को उचाईमा पुगेर बन्द भएको छ ।

आज कारोबारमा आएका १६१ कम्पनीका ११ लाख ७० हजार ७२ कित्ता शेयर  खरिद बिक्रिबाट ६३ करोड ५० लाख ५ हजार ३ सय ५४ रुपियाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै सूचक बढेर हरियो भएका छन् ।

आज नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै ३ करोडको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा फरवार्ड माइक्रोफाइनान्स, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतका रहेका छन् ।

यस दिन आज मात्रै २० महिनापछि कारोबार खुलेको बिशाल बजारको शेयर मूल्य १० प्रतिशतले बढेको छ । राष्ट्रिय बिमा कम्पनीको शेयर मूल्य पनि आज १० प्रतिशतले बढेको छ ।

उता आज नै ३५ प्रतिशत लाभांश घोषणा गरेको नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।

यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु:

यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु : 

साताको अन्तिम दिनको कारोबारमा सेयर आपूर्ति कम हुँदा लामो पर्खाईपछी लगानीकर्ताले बजारमा हरियाली देख्न पाएका हुन् । बिहिबारको कारोबारमा सेयर बिक्री गरी दशैं खर्च जुटाउने अवस्था हुँदापनि लगानीकर्ताले बिक्री गर्न हतार नगर्नुले सेयर बजारका लागि सकारात्मक संदेश भएको सेयरबजारका पण्डितहरु बताउछन।

'आज सम्म बेच्नेले पनि दशैँ अगाडी पैसा पाउँथ्यो तर पनि लगानीकर्ताले बेच्न हतार नगरेको देखिएको छ। यो भनेको सेयर बजारका लागि सकरात्मक संदेश हो' एक ब्रोकर अधिकारीले बिजपाटीलाई बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved