सिद्दार्थ इक्विटी फन्डको १२ करोड इकाई असोज २५ देखि बिक्री खुला, कती इकाई आबेदन दिने ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 14, 2017 | 01:56:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकको पूर्ण स्वामित्वमा रहेको सिद्दार्थ क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको 'सिद्दार्थ इक्विटी फन्ड' निष्काशन गर्ने भएको छ। सिद्दार्थ क्यापिटलले असोज २५ देखि १० रुपैयाँ अंकित १२ करोड इकाई बिक्रि खुला गर्ने जनाएको छ। 

कुल १२ करोड इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई सिद्दार्थ बैंकको लागि छुट्याइएको छ। बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ। 

सिद्दार्थ इक्विटी फन्डमा लगानी गर्न इच्छुक लगानीकर्ताले असोज २५ देखि छिटोमा असोज २९ र ढिलोमा कत्तिक ७ सम्म आबेदन भर्न सक्नेछन। एक जना लगानीकर्ताले न्युनतम १०० इकाई र अधिकतम २४ लाख इकाईका लागि आबेदन दिन सक्नेछन।

इच्छुक लगानीकर्ताले सिद्दार्थ क्यापिटल नक्साल र सिदार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरी आबेदन भर्न सक्नेछन। आवेदककर्ताले आस्वा मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थाका ७७ जिल्लाका शाखा कार्यालयबाट आबेदन दिन सक्नेछन।

सिद्दार्थ इक्विटी फन्ड १० बर्ष बन्दमुखी योजना हो। सिद्दार्थ क्यापिटलले यस अघि सिद्दार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम र सिद्दार्थ इक्विटी ओरियन्टेड स्किम संचालन गर्दै आएको छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved