सनराइज बैंकले हकप्रदले समेत पाउने गरी गर्यो लाभांश घोषणा, १५ प्रतिशत बोनस सेयर चुक्ता पुंजी कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2017 | 09:59:35 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ २९ मा बसेको २७७ औ संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाई र रिजर्भबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत जनाइएको छ। 

लाभांश सम्बन्धि उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। बैंकले हकप्रदमा अवितरित सेयर प्राप्ती गर्नेहरुले समेत पाउनेगरी १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। बैंकले ३० प्रतिशतका दरले १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद बिक्री खुला गरेको थियो। बिजपाटी डटकमले सनराइज बैंकले १४ प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरेको थियो।

बिशेष रिपोर्ट : सिद्दार्थ बैंक र सनराइज बैंक मध्ये कसको लाभांश क्षमता बढी ?

 १५ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब १४ करोड नाघ्नेछ। ३० प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब ८ करोड ९१ लाख १९ हजार १ रुपैयाँ पुगेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved